रोग र भोकबाट जनतालाई मर्न दिन्नौ : माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई

Breaking News Hot News Mukya Samachar Special News Trending अन्तरबार्ता घुमफीर जीवन शैली विचार स्वास्थ्य/शिक्षा

कोरोनाको जोखिम अझ बढ्दै गैरहेको छ । दिनहुँ जसो कोरोना संक्रमणको घटना देखिन थालेपछि सरकारको सतर्कता पनि उच्च हुन थालेको छ । अहिले देशभरमा ३१ वटा कोरोना संक्रमणको घटना देखिएको छ । पछिल्लो समय कोरोनाको इपिसेन्टरको रुपमा प्रदेश १ देखिएको छ । जसले गर्दा प्रदेशका स्थानिय तहहरुले सक्रियता देखाउनुपर्ने अवस्था छ । इलामको उत्तरी गाउँपालिका माईजोगमाई भारतसँग सिमा जोडिएको छ । खुल्ला सिमाका कारण जोखिम समेत बढ्दो छ । यसै क्रममा पत्रकार सुजन तिमसिनाले माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई संग गर्नु भएको कुराकानी

माईजोगमाई गाउँपालिकामा लकडाउन कार्यान्वयनको अवस्था कस्तो छ ?
अहिले कोरोनाको कारण देशभर नै लकडाउन छ । यसकाले विश्वमा नै महामारीको रुप लिएको कारण अहिले सरकारले दिएको निर्देशनलाई पालना गरेर अनुशासनमा बसेका छन् स्थानिय बासिन्दाहरु ।
कोरोना जटिल भाइरस भएको कारण यसबाट जति बेला पनि समस्या निम्तन सक्छ यस बारेमा माईजोगमाई गाउँपालिकाले कस्तो सचेतना अपनाइरहेको छ ?
कोरोना भाइरसबाट हुन सक्ने सम्भावित खतराबाट हामी सचेत छौ । यसलाई गाउँपालिकाले गम्भिर रुपमा लिएको छ । लकडाउनको कार्यान्वयमा गम्भिर बन्दै यहाँ बासिन्दाहरुलाई व्यक्तिगत सरसफाइमा जोड दिन अनुरोध गरेका छौ । भिडभाड हुने स्थानमा नजान र भिडभाड हुने खालमा क्रियाकलाप नगर्न अनुरोध समेत गरेका छौ । र त्यसको पालना भएको छ ।
कोरोनाका लागि स्वास्थ्य सम्वन्धी तयारी कस्तो छ ?
कोरोनाबाट बच्नका निम्ती स्वास्थ्यकर्मीहरुलाई सतर्कतापुर्वक राखेका छौ । र लकडाउन हुनुभन्दा अगाडी नेपाल भारत सिमा क्षेत्रमा फ्लेक्स बोड पनि राख्यौ । सिमा क्षेत्रका बासिन्दाहरुमा स्वास्थ्य चेकजाँचको कार्यक्रम चलाएका थियौ । विदेशबाट आएका नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । अलि मानिसहरु भिडभाड हुने स्थानमा किटनाशक औषधीहरु पनि छर्किएका थियौ । अहिले २४ सै घण्टा स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखेका छौ । र परिचालन गरिएको छ ।
स्वास्थ्यकमीहरु तयारी अवस्थामा छन् । उनीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) को व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
अहिले हामीले उहाँहरु व्यक्तिगत सुरक्षा सामाग्री पिपिई दिएका छौ । र त्योसँगै अन्य आवश्यक सामाग्रीहरुको पनि प्रवन्ध गरिएको छ । तर पर्याप्त मात्र दिन सकेका छैनौ । अहिले बजार पनि बन्द रहेको र सामाग्रीहरु सर्टेज भएकाले जति आवश्यक हो पर्याप्त मात्रामा दिन सकेका छैनौ । केही सामाग्रीहरु खरिद गरेर दिएका छौ ।
लकडाउन लम्बिदै जाँदा श्रमिकहरुमा खानपानको समस्या पर्ने देखिन्छ । गाउँपालिकाले राहत पनि वितरण गरेको छ । अहिले राहत वितरणको अवस्था कस्तो छ ?
अहिले गाउँपालिकाले ज्यालदारी मजदुरलाई पहिलो चरणमा राहत वितरण गरेका छौ । पहिलो चरणमा गाउँपालिकाका ३०९ परिवारमा राहत वितरण भइसकेको छ । तर बाँकी केही खाध्यान्नहरु स्टक छन् । दोश्रो कुनै समस्या देखिए हामी राहत वितरण गर्ने योजना छ । रोग र भोकबाट आफनो गाउँपालिकाको जनताहरुलाई बचाउने दायित्व पुरा गर्न तयारी अवस्थामा छौ ।
आकस्मिक रुपमा फैलिएको कोरोना फैलियो । खाध्यान्न, राहत, स्वास्थ्य सामाग्रीमा खर्च हून्छ त्यसलाई गाउँपालिकाले कसरी व्यवस्थापन गरिरहेको छ ?
अहिले माईजोगमाई गाउँपालिकाकाे विपद व्यवस्थापन खातामा छ । त्यसमा गत बर्षको बजेटबाट नै ४ लाख रुपैया जम्मा गरिएको थियो । त्यो रकम पर्याप्त नहुँदा विभिन्न शिर्षकमा रहेको बजेटहरु रकमान्तर गरेर ३० लाख रुपैयाको हाराहारीमा रकम जम्मा गरेका छौ । र दाताहरुबाट सहयोग आइरहेको छ त्यही खातामा मार्फत अहिले आवश्यक योजना र विपदका लागि खर्च गरिरहेका छौ ।
माईजोगमाईको सिमा क्षेत्रमा सुरक्षा सर्तकर्ताको अवस्था कस्तो छ ?
सिमा क्षेत्रको गाउँपालिकाले भएकाले जोखिम बढि नै छ । भारतबाट भित्र्न नदिन गाउँपालिकाको मुख्य नाका मेग्मामा शसस्त्र प्रहरी बल एपिएफ राखिएको छ । जौबारीमा पहिले देखि नै प्रहरी चौकी रहेको छ । त्यसमा एपिएफ थपेर सिमा क्षेत्र सिलबन्दी गरिएको छ । उताबाट लुकिछिपी आउने नागरिकहरु प्रवेश नगरुन भनेर एपिएफ र प्रहरीसँग समन्वय गरेर काम गरिरहेका छौ ।
शसस्त्र प्रहरीको फोर्स बसेपछि सिमा सुरक्षमा कतिको सहज भएको छ ?
शसस्त्र प्रहरी बल राखेपछि हामीलाई सुरक्षित छौ भन्ने महसुस भएको छ । र यहाँका जनताहरुले सुरक्षाको आत्मविश्वास महसुस गरेका छन् । धेरै नै नियन्त्रण भएको अवस्था छ ।
लकडाउन लम्बिएको छ अब सुरक्षा सम्वन्धी, स्वास्थ्य सम्वन्धी सर्तकर्ताका कार्यक्रमहरु के हुन्छन ?
सुरक्षा सर्तकर्तालाई मजवुत बनाउने हाम्रो योजना छ । महामारी फैलिएको अवस्थामा भएको कारण उच्च सर्तकर्ता अपनाउन स्वास्थ्यकर्मी, सुरक्षा संयन्त्र, जनप्रतिनिधी मिलेर अनुसाशित ढंगबाट सरसफाई र लकडाउन पालना गराउँदै जनताहरुमा सुचना दिने कार्य गर्नेछौ ।
कृषिमा धेरै किसान छ । खेतीको मौसम पनि सुरु भइसकेको अवस्थामा सर्तकताको बिषयमा के छ ?
अहिले खेतीपातीको समय भएको हुँदा लामो समय लकडाउनमा बसेको अवस्थामा कोरानोको लक्षण नदेखिएको अवस्थामा नियमको परिधिभित्र रहेर खेतीकर्मको सल्लाह दिएका छौ । त्यसलाई अपनाएर काम गरिहेका छन् । नियम पालना गर्न समन्वय भइरहेको छ ।
स्थानिय सरकार र प्रशासन बिचको समन्वय कस्तो छ ?
अहिले स्थानिय सरकार र प्रशासनबिचको समन्वय राम्रो छ । उहाँहरुको सहकार्यमा शान्ति सुरक्षाको कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.