पत्रकार योङहाङद्वारा माङसेबुङ गाउँपालिकालाई आर्थिक सहयोग

प्रदेश नं. १ बिजनेस रोचक सूचना प्रविधि स्वास्थ्य/शिक्षा

इलाम : इलामका पत्रकार राम योङहाङले माङसेबुङ गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।नयाँ बुलन्द डटकमका सम्पादक समेत रहेका योङहाङले उक्त सहयोग गरेका हुन ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट प्रभावितलाई राहत उपलब्ध गराउन स्थापित कोषमा सम्पादक योङहाङले सहयोग गरेका हुन् ।

बुधबार माङसेबुङ गाउँपालिकाको कार्यालयमा पुगेर ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । सम्पादक योङहाङले गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरे ।

लकडाउनका कारण समस्यामा परेका गाउँपालिकाका श्रमिक, मजदुर तथा विपन्नहरुलाई राहत उपलब्ध गराउन थोरै भएपनि सहयोग मिलोस् भनी गाउँपालिकालाई सहयोग गरेको सम्पादक योङहाङले बताए ।

गाउँपालिका अध्यक्ष इदिङ्गोले गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग आउने क्रम जारी रहेको बताउँदै सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.