झापाको ओमसाई हस्पिटलद्धारा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न १० लाख सम्मको विमा

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन बिजनेस स्वास्थ्य/शिक्षा

कोरोना नियन्त्रणमा सहयोग पुग्ने सञ्चालक पोखरेलको विश्वास

झापा : झापाको ओमसाई पाथीभरा हस्पिटलले आफ्नो हस्पिटलमा कार्यरत स्वाथ्यकर्मी तथा कर्मचारीको जीवन विमा गरेको छ । हस्पिटलमा कार्यरत १४६ जना चिकित्सक, नर्स र कर्मचारीको एक बर्षे जीवन विमा गरिएको हस्पिटलका निर्देशक बालकुमार पोखरेलले बताए । निजी क्षेत्रको हस्पिटलले आफ्ना स्वास्थ्यकर्मीका लागि कोरोना जोखिमका विरुद्ध विमा गराएको ओमसाई पहिलो हो ।

हस्पिटलका संचालक समाजसेबी बालकुमार पोखरेल हस्पिटलले प्रदेश १ मा धेरै सेवा प्रदान गर्दै आएको बताउँछन । हस्पिटलले गरिब दुखी बिपन्न बर्गका परिवारलाई नि केही राहत मिलोस भनेर सहुलियत सेवा सुबिधासमेत प्रदान गरेको पोखरेल बताउँछन् ।

उनले कोभिड–१९ संक्रमणको त्रासको अवस्थामा समेत ज्यानको बाजी मारेर सर्वसाधारणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीसँग वैशाख २० गतेदेखि लागू हुनेगरी जीवन विमा गरिएको जानकारी दिए ।

विमावापत एक वर्षको रु ३ लाख ८३ हजार विमा कम्पनीलाई भुक्तानी गरिएको र यसबाट कार्यक्षेत्रमा खटिने सबै स्वास्थ्यकर्मीको मनोवल बढ्ने उहाँको धारणा छ ।विमामा भएको व्यवस्था अनुसार विमा अवधिमा कालगतिले मृत्यु भएमा रु। ५ लाख, कोरोना र अन्य दुर्घटनाबाट मृत्यु भएमा रु। १० लाख रकम परिवारका सदस्यले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.