लकडाउनको मारमा परेका ४ सय ६५ परिवार इलामेलीलाई काठमाडौंमा राहत बितरण


इलाम : इलाम जिल्ला स्थायी घर भई हाल काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रहरुमा रहेका ४ सय ६५ परिवारलाई करिव ७ लाख १० हजार बराबरको राहत सहयोग डेरामा नै पुगेर वितरण सम्पन्न गरियो ।

लकडाउनमा परी घर फिर्न नसकेका मजदुर, गरीव विद्यार्थी, उपचारका लागि काठमाडौंमा गई बसेका इलाम जिल्लाका १० वटै स्थानीय तहका ४ सय ६५ परिवारलाई करिव ७ लाख १० हजार रुपैयाँ बराबरको राहत बितरण गरिएको हो ।

असंगठित मजदुर, गरीव विद्यार्थी, असक्त तथा अति विपन्न वर्गहरुमा कोरना भाइरस (कोभिड –१९) का कारण बन्दाबन्दीमा परी असहज परिस्थितिमा दैनिक जिवन यापन गरी रहेकाहरुलाई जिल्ला समन्वय समिति इलामको समन्वय र आग्रहमा गाउँपालिका र नगरपालिकाहरुको सहकार्यमा राहत बितरण गरिएको छ ।

उक्त कार्य काठमाडौंमा क्रियाशिल इलाम सम्वद्ध संघ संस्थाहरु र सामाजिक व्यक्तित्वहरुको साझा प्रयासबाट व्यवस्थित रुपमा ४ सय ६५ घरपरिवारलाई उनीहरु बसोबास गरेकै स्थानमा राहत सहयोग दिने कार्य सम्पन्न गरिएको समिति सदस्य तथा पत्रकार माधव चौलागाईले जानकारी दिनु भएको छ ।

इलाम नगरपालिका ७९ परिवार , देउमाई नपाका ९४ परिवार, फाकफोकथुम गाउँपालिकाका ९८ परिवार, माई नपाका ४३ परिवार, माइजोगमाई गापाका ४६ परिवार, सन्दकपुर गापाका १७ परिवार, सूर्योदय नपाका ४९ परिवार, चुलाचुली गापाका ३२ परिवार, मासेबुङ्ग गापाका ५ परिवार र रोङ्ग गापाका ३ परिवारले करिव ७ लाख १० हजार बराबरको सहयोग प्राप्त गरेका छन ।

पहिलो चरणको राहत बितरण गरेर हाललाई उक्त कार्य स्थगित गरिएको काठमाडौं उपत्यका कोरोना राहत तथा सहयोग समिति इलामले जानकारी दिएको छ । बन्दाबन्दीको समयमा राजधानी लगायतका स्थानमा रहेकालाई जिल्ल ल्याउदा जोखीम बढने भन्दै उतै राहत बितरण गरिएको जनाईएको छ ।

Leave a comment

Your email address will not be published.