माईजोगमाईको शुक्रबारे बजारमा आगलागि , तीन घर जलेर नष्ट

  • 116
    Shares
माईजोगमाईको शुक्रबारे बजारमा आगलागि , तीन घर जलेर नष्ट



नयाँबजार: इलामको माईजोगमाई गाउँपालिका ३ को नामसालिङ बजार स्थित शुक्रबारेमा सोमबार राती आगलागि हुँदा तीनवटा घर जलेर नष्ट भएका छन । आगलागिबाट ७० लाख बढीको क्षती भएको छ ।
सोमबार राती १० बजे शुरु भएको आगलागिमा स्थानीय मांगेलाल गर्ग , छत्रकुमारी दर्जी र रुकमीणी प्रधानका तीनवटा काठका घर जलेर नष्ट भएका हुन ।
आगलागिबाट गर्ग र दर्जीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने प्रधानको घर आगलागि नियन्त्रण गर्ने क्रममा पूर्ण रुपमा भत्काईएको छ । राती कविर १० बजे शुरु भएको आगो बिहान ३ बजे मात्र नियन्त्रणमा आएको थियो । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागिबाट ७० लाख बढीको क्षती भएको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले जानकारी दिनु भयो । प्रारम्भीक अनुमान मात्र भएकाले क्षतीको बिबरण बढन सक्ने अध्यक्ष राईले जानकारी दिनु भयो । क्षतीको बिबरण संकलन भैरहेको उहाले जानकारी दिनु भएको छ । आगलागिको कारण खुल्न सकेको छैन ।
आगो नियन्त्रण गर्न सूर्योदय नगरपालिका र इलाम नगारपालिकाका दमकल मगाईए पनि नआएको स्थानीयले बताएका छन् ।