माईजोगमाई गाउँपालिकाले श्रममा आधारित राहत दिने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

रोशन काफ्ले, नयाँबजार:

इलामको माईजोगमाई गाउँपालिकाले दोश्रा चरणमा श्रममा आधारित राहत दिने भएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रका विपन्न एवम मजदुरलाई राहतमा १५ केजी चामल, तेल दाल लगायतका सामाग्रीहरु दिने भएको हो । राहत पाउनेले त्यस बापत २ दिने गाउँपालिकाको लागि श्रम गर्नुपर्ने अध्यक्ष जीतबहादुर राईले जानकारी दिए । ‘हामीले दिएको राहतपछि अर्को विकल्प खोज्नुपर्नेमा दिनभरी छिमेकीकोमा गएर गफिएर बस्ने, सामान्य खेतबारीको श्रम गर्न समेत अल्छी गरेको पाइएको छ । ’
उनले भने ‘ त्यसैले दोश्रो चरणमा श्रममा आधारित राहतको प्याकेज ल्याएको हौ । ’ गाउँपालिकाले पहिलो चरणमा राहत पाउनेहरु श्रममा आधारित राहतको नपाउने राईले बताए । राहतका पाउनेहरुको डाटा गाउँपालिकाले संकलन गरेकाले केही दिनभित्रबाट सुरु गरिने भएको हो ।

Leave a Reply

Your email address will not be published.