आज मध्यरातबाट बिर्तामोड प्रवेशमा रोक

  • 21
    Shares
आज मध्यरातबाट बिर्तामोड प्रवेशमा रोक

बिर्तामोड: पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड रहेको नगरपालिका क्षेत्रभित्र प्रवेशमा रोक लगाउने निर्णय भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको र लक डाउन कार्यान्वयन फितलो हुँदै गएपछि यस्तो निर्णय गरिएको हो ।

नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले जेठ ८ गते मध्यरातबाट लागु हुनेगरी अन्य स्थानबाट बिर्तामोड नगरक्षेत्रभित्र प्रवेश गर्न नपाइने नियम बनाएको छ । लक डाउनको समयमा पनि बिर्तामोकमा मुख्य बजारमा मानिसको अत्यधिक भिडभाड हुने गरेको छ ।

नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार नगरपालिकाको बिर्तामोड आसपासमा मानिसको आउजाउ अत्यधिक हुनुका साथै सहरमा अनाधिकृत व्यक्ति तथा सवारीको चाप बढेपछि अत्यावश्यक अनुमतिपत्र बाहेकका लाई प्रवेश निषेध गरिएको हो । लकडाउन अवधिभर बिर्तामोड नगरक्षेत्र पूर्णतः बन्द रहने उनले बताए ।

एम्बुलेन्स, अस्पताल, ढुवानी, गिटी बालुवा बोक्ने, औषधि बोक्ने, दूध, मल बीउ, कृषिउपज ढुवानी गर्ने सवारी साधन र तिनका परिचयपत्र बाहक कर्मचारीबाहेक अन्य अनाधिकृत प्रवेश र यातायात पूर्णतः निषेध गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए । सञ्चारमाध्यमको हकमा सूचना विभागबाट जारी प्रेस पास चाहिनेछ ।

बैठकमा नगर कार्यपालिका सदस्य, राजनीति दलका नगर प्रमुखहरु, बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि, जनपथ र सशस्त्र प्रहरी प्रमुखलगायतको उपस्थिति थियो । झापा टुडेबाट

एकै दिनमा २३ जनामा कोरोना पुष्टि


झापाको कचनकवलमा एकै दिनमा २३ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकाहरु कचनकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा राखिएका व्यक्ति हुन् । उनीहरुको स्वाब परीक्षणका लागि मंगलबार कोरोना अस्पताल बिराटनगर पठाइएको थियो । सो क्वारेन्टाइनमा ६५ जना राखिएको थियोे । संक्रमित उनीहरू मध्येकै भएको जनाइएको छ । कोरोना अस्पताल स्रोतले उनीहरूमा संक्रमण पुष्टि गरेको छ । कारोबारबाट