इलामका दुई बिपन्न बृद्धबृद्धालाई पत्रकार महासंग प्रदेश १ का उपाध्यक्ष सुसेलीको पहलमा राहत बितरण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

इलाम इलाम नगरपालिका वडा नम्बर ६ का इलामका दुई बिपन्न बृद्धबृद्धा बाबुकाजी श्रेष्ठ र उनकी श्रीमती देवि माया मगर श्रेष्ठलाई पत्रकार महासंग प्रदेश १ का उपाध्यक्ष सोमनाथ सुसेलीको पहलमा राहत बितरण गरिएको छ ।
पत्रकार महासंग प्रदेश १ का उपाध्यक्ष तथा रेडियो नेपालबाणी एफ.एम. का स्टेशन मेनेजर सोम सुसेली र ज्योती लाईफ ईन्स्योरेन्स इलाम शाखाका शाखा प्रबन्धक रोसन बुढाथोकीको पहलमा उनीहरुलाई उक्त राहत सामग्री बितरण गरिएको हो ।
ती बिपन्न बृद्धबृद्धलाई एक बोरा चामल ,१ सिलिन्डर ग्यास र एक काार्टुन तेल राहत स्वरुप कोशी ग्यास डिलरका प्रोपाईटर महादेब श्रेष्ठ र इलामका अग्रज समासेवी तथा नेपाली कांग्रेसका नेता डम्बर खडकाको सहयोगमा पत्रकार सुसेली र बुढाथोकीले उक्त रात सामग्री बितरण गर्नु भएका थियो ।

बिरामी तथा अशक्त र खान केहि नभएकाले ती दुई बृद्धबृद्धालाई राहत बितरण गरिएको उपाध्यक्ष सुसेलीले जानकारी दिनु भयो । पत्रकार सुसेलीले कोरोना भाईरस पछिको लकडाउनका समयमा बिपतमा परेकालाई दाता मार्फत सहयोग गराउदै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.