सूर्योदय नगरपालिकाद्धारा नयाँ आर्थिक बर्षको निति तथा कार्यक्रममा सुझाव संकलन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

सूर्योदय: सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को निति तथा कार्यक्रममा राजनीतक दलहरुबाट सुझाव संकलन गरेको छ । नगरपालिकाले सनिवार नेकपाका नगर कमिटीको सचिवालय र जिल्लास्तरीय नेताहरुसँग सुझाव लिएको हो । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राईको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाको पार्टी सचिवालय सदस्य, पार्टीका वडा संयोजक र जिल्ला कमिटी सदस्यहरुको उपस्थित रहेको थियो । नेकपाका सूर्योदय नगरपालिका इञ्चार्ज तेजबहादूर राई बिजयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका नेता कार्यकर्ताले शिक्षा, स्वास्थ्य र रोगजारलाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

कोरोना रोगको संक्रमणले विश्वको अर्थतन्त्र सिथिल भएको अवस्थामा नगरपालिकाले कृषि क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्नेमा नेकपाका नेताहरुले जोड दिएका थिए । रोजगारीका अवसरहरु सिर्जना गर्न बाँझो जमिनहरुलाई उपयोगमा ल्याउने खालका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा सुझाव पार्टीका नेताहरुले दिएका थिए । नेकपाका जिल्ला कमिटी सदस्यहरु चित्रकला बराइली, नरेश तामाङ, टेकबहादूर राई, विवेक राई उपस्थित रहेको सुझाव संकलन कार्यक्रममा सूर्योदय नगरपालिका उप–प्रमुख दुर्गादेवी भट्टराई र वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।
सुझाव संकलनको कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरुले हालसम्म छनौट गरिएका योजनाहरु ठिक भएपनि समयमा निर्माण सम्पन्न नहुँदा जनताले समस्या भोग्नु परेको गुनासो समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.