५५ जना पत्रकारको नि:शुल्क कोरोना बिमा

Breaking News Mukya Samachar Special News Trending बिजनेस सूचना प्रविधि स्वास्थ्य/शिक्षा


इलाम : इलामका ५५ जना पत्रकारको कोभिड निस्शुल्क बिमा गरिएको छ । कोरोना भाइरस कोभिड १९ को जोखिम मोलेर सक्रिय रुपमा काम गरिरहेका जिल्लाका ५५ जना पत्रकारको निशुल्क बिमा गरिएको हो । पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेलीको पहलमा कोभिड निःशुल्क बिमा गरिएको हो ।
सरकारी निकायबाट अग्रपङ्तिमा खटेर सूचना प्रवाहमा लाग्ने पत्रकार तथा सञ्चारकर्मीहरु प्रति बेवास्ता गरेको भन्दै प्रदेश उपाध्यक्षले बिमाको पहल गरेका थिए । उनको पहलमा एक सय वढि पत्रकारहरुको बिमा गर्ने भनिए पनि गएराती देखी नै बिमा समितिले कोरोना भाइरसको बिमा नगर्न निर्जिवन बिमा कम्पनीहरुलाई निर्देशन दिइसकेको छ । त्यसैले ५५ जना पत्रकारहरुको मात्र बिमा गर्न सफल भइएको उनले बताए ।
कोरोनाको संक्रमण बढदै गई रहेको अवस्थामा फ्रन्टलाईनमा रहेर काम गर्दा पत्रकार समेत जोखीममा पर्ने भएकाले पत्रकारको निःशुल्क बिमा गरिएको पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सुसेलीले जानकारी दिए । उनले जिल्लाका समाजसेवी तथा सञ्चार उद्यमी डम्बर खड्का र समाजसेवी धनमान बराइलीसँग समन्वय गरेर बिमा गरिएको हो ।
शुक्रबार इलाम सदरमुकाममा एक औपचारिक कार्यक्रममा पोलिसी हस्तान्तरण गरिएको छ । आइएमइ जनरल इन्स्योरेन्समा जिल्लाका पत्रकारहरुको बिमा गरिएको हो । तिन दिन अगाडी जारी गरिएको पोलिसी शुक्रबार हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै समाजसेवी खड्काले पत्रकारहरु अग्र भागमा खटेर काम गरेपनि राज्यबाट खासै पहल नगरेका कारण आफुले सहयोग गरेको बताए । भरसक कोरोना पुष्टि नै नहोस भन्ने कामनाका साथ आफुले सहयोग गरेको उनको भनाई छ ।
नेपाल पत्रकार महासंघ इलामकी अध्यक्ष कोकिला ढकालले सहयोग प्रति दाताहरु र पहल गर्ने सत्रकार सुसेली प्रति आभार ब्यक्त गरिन् ।
दाता धनमान बराइली, जिल्ला समन्वय समिति इलामका समन्वय अधिकारी हरि दाहाल, आइएमइ जनरल इन्स्योरेन्सका प्रवन्धक सजित महत, प्रेस संगठन इलामका संयोजक सुजन तिम्सिना, इलाम एफएमका स्टेसन मेनेजर रमेश पराजुली लगायतले अग्रभागमा खट्दा सुरक्षित साथ खट्न आग्रह गरे । उनीहरुले निशुल्क बिमाले काममा लाग्न हौसला प्रदान गरेको जनाउँदै अझ जोखिम बढे पनि आफ्नो मनोवल उच्च राखेर काम गर्ने बताए ।
उपाध्यक्ष सुसेलीका अनुसार जिल्लामा संचालित एफ.एम. रेडियोबाट ५ जनाका दरले दैनिक पत्रिका र अनलाईनबाट ३÷३ जनाका दरले र राष्ट्रिय मिडियामा जिल्लाबाट काम गर्ने पत्रकारको गरी जम्मा ५५ जनाको बिमा गरिएको छ ।
कोभिड १९ को पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएमा पत्रकारले कोरोना बिमा बापत १ लाख रुपैया पाउने छन् । यता बिमा समितिले गएराती १२ बजेबाट थप कोरोनाको बिमा नगर्न निर्देशन दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published.