सातवटै प्रदेशमा बजेट

सातवटै प्रदेशमा बजेट


काठमाडौँ: देशका सातवटै प्रदेश सरकारहरुले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छन् ।अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले हरेक १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ । बागमती प्रदेशले चालू वर्षको तुलनामा करिब ४ अर्ब रुपैयाँ बजेट वृद्धि गरेर ल्याउने तयारी गरेपनि प्रदेश १, २, कर्णाली प्रदेश बजेट घटाएका छन् ।

त्यस्तै अन्य प्रदेशले चालू वर्षकै हाराहारीमा बजेट ल्याउने तयारीमा रहेका छन् । गण्डकी प्रदेशको पनि चालू वर्षको तुलनामा केही वृद्धि गरिने तयारी गरिएको छ ।प्रदेश सरकारको पहिलो, दोस्रो स्रोत १० प्रतिशभन्दा खुम्चिसकेको छ भने तेस्रो स्रोत पनि कम हुने अनुमान गरिएको छ । प्रदेश सरकारको पहिलो स्रोत केन्द्र सरकारले दिने अनुदान हो ।

अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा प्रदेश सरकारलाई दिने अनुदान साढे ९ अर्ब रुपैयाँ घटाएका छन् ।चालू वर्ष विनियोजन गरिएको यस्तो बजेट १ खर्ब १ अर्ब ५४ करोड रुपैयाँ रहेकामा आगामी आर्थिक वर्षमा भने ९१ अर्ब ५४ करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ ।