इलामको माईजोगमाईमा जडीबुटी प्रशोधन केन्द्र स्थापना हुँने

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा


प्रेम अधिकारी ,पशुपतिनगर(इलाम) :

उत्पादन भएको जडिबुटीले बजार नपाई रहेकै बेलामा इलामको माईजोगमाई गाउँपालिकामा जडिबुटी प्रसोधन केन्द्र स्थापना गरिने भएको छ ।
इलाम जिल्लाका उच्च क्षेत्रमा उत्पादन हुँदै आएको ४० प्रकारका जडिबुडी प्रशोधन गर्न प्रदेश १ सरकारले प्रशोधन केन्द्र स्थापना गर्ने भएको हो ।
किसानले उत्पादन गरेको जडिबुटीको प्रशोधन गर्न माईजोगमाई गाउँपालिका २ मा प्रदेश सरकारले जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्ने भएको प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयका योजना महाशाखा प्रमुख अम्बिका चौलागाईले बताउनु भयो ।
उत्पादन भएको जडिबुटी भारत र चिन निकासी हुने गरेपनि मुल्य नपाए पछि किसान समस्यामा परिरहेकाले प्रशोधन केन्द्र स्थापनाको योजना अघि सारीएको महाशाखा प्रमुख चौलागाईले जानकारी दिनु भयो ।
उत्पादन भएको जडिबुटीको मुल्य ८० प्रतिशतसम्म कम भएपछि किसानले माग गरेपछि प्रदेश सासंद खिनु लङ्वा लिम्बुको पहलमा प्रशोधन केन्द्र निमार्णको प्रारम्भिक काम शुरु भएको छ ।
माजोगमाई गाउँपालिका २ स्थित छिपछिपेमा ५ रोपनी क्षेत्रफलमा स्थापना गरिने प्रशोधन केन्द्र निर्माणका लागि माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले ५ रोपनी जग्गा निस्शुल्क दिनु भएको छ ।
प्रशोधन केन्द्र निर्माणका लागि प्रदेश सासंद खिनु लङ्वा लिम्बु सहित सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले स्थलगत अध्ययन गरिसकेको छ । अध्ययन टोलीले प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक पर्ने संरचना निर्माणबारे स्थानीय तहका जनप्रतिनिधि र जडिबुटी किसानहरुसँग छलफल समेत गरेको थियो ।

प्रशोधन केन्द्र निर्माणका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ मा एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका आयुर्वेद विभाग प्रमुख सरोज विश्वासका अनुासर विनियोजन भएको बजेटले योजनाको डिपिआर गर्ने र निर्माणको काम शुरु हुने छ ।
प्रदेश सासंद लिम्बुले बर्षदिन भरी काम गरेर खान नपुग्ने किसानलाई प्रसोधन केन्द्र स्थापना भए पछि आय आर्जनको बाटो खुल्ने बताउनु भयो । उहाले भन्नु भयो ‘ इलामको माथिल्लो क्षेत्र भनेकै जडिबुटीका लागि हो, यो क्षेत्र जडिबुटी उत्पादनमै केन्द्रित गर्नु पर्छ ।’
इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा व्यवसायीक रुपमा किसानले जडिबुटी उत्पादन गर्दै आएका छन । जडिबुटी प्रशोधन केन्द्र स्थापना भएपछि किसानले स्थानीय स्तरमै उचित मुल्यमा बिक्रि गर्न सक्ने भएकाले किसानले फाइदा लिने गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताउनु भयो । उहाले भन्नु भयो ‘ केन्द्र स्थापना भएर संचालनमा आए पछि गाउँपालिकाका आर्थिक आय आर्जनका स्रोत बढ्ने छन् ।’
प्रशोधन केन्द्रको कामका लागि इलामको सूर्योदय नगरपालिमा रहेको मेची आयुर्वेद अस्पताल मार्फत बजेट कार्यान्वयन हुने अस्पतालका वरिष्ठ कविराज तिर्थ आचार्यले बताउनु भयो । इलामका किसानले चिराइतो, सतुवा, लौठसल्ला, मजिटो, बिख्मा लगायत ४० प्रकारका जडिबुटी व्यवसायीक रुपमा खेती गर्दै आएका छन् ।
गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published.