इलामको देउमाई नगरपालिकाद्धारा आ.व. २०७७/७८ का लागि ७२ करोड बढीको बजेट पारित

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस


मंगलबारे: इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ७२ करोड भन्दा बढिको बजेट पारित गरेको छ । चौथो नगरसभाबाट देउमाईले आर्थिक बर्ष ०७७र७८ को लागि ७२ करोड ६३ लाख ७७ हजार रुपैयाको बजेट नगरसभाले पारित गरेको हो ।

नगरको आगामी आर्थिक बर्षको लागि सशर्त अनुदान मार्फत संघ सरकारबाट २६ करोड ५० लाख र प्रदेश सरकारबाट ११ लाख ७१ हजार गरी कुल २६ करोड ६१ लाख ७१ हजार रुपैया रहेको छ । समानिकरण अनुदानका लागि संघ सरकारबाट ११ करोड ८२ लाख र प्रदेश सरकारबाट ७१ लाख ९३ हजार गरी कुल १२ करोड ५३ लाख ९३ हजार रहेको छ ।

राजस्व बाडँफाडबाट संघबाट ८ करोड ६१ लाख ६३ हजार ६६० र प्रदेश सरकारबाट ६२ लाख १६ हजार गरी कुल ९ करोड २३ लाख ७९ हजार ६६० रुपैया अनुमान गरिएको छ । समपुरका अनुदान तर्फ संघ सरकारबाट २ करोड ३२ लाख र प्रदेश सरकारबाट २ करोड ५० लाख रुपैया गरी कुल ४ करोड ८२ लाख रुपैया अनुमान गरिएको छ ।

संघिय सरकारबाट आगामी आर्थिक बर्षको लागि १ करोड रुपैया बिशेष अनुदानको अनुमान गरिएको छ । त्यसैगरी आन्तरिक आय आगामी बर्षको लागि १८ करोड ४२ लाख ३३ हजार ३४० रुपैया अनुमान गरिएको नगरपालिकाका सुचना अधिकारी गोविन्दराज बास्तोलाले जानकारी दिए ।

नगरको आगामी आर्थिक बर्षको खर्च तर्फ चालु खर्चमा १३ करोड ३४ लाख ८७ हजार तथा पुँजीगत तर्फ १६ करोड २१ लाख ४९ हजार रहेको छ । नगरले ९ वटै वडामा ४० लाखको दरले विनियोजना गरेको छ । त्यसैगरी कृषिको लागि १ करोड ७८ लाख, शिक्षामा २ करोड ८४ लाख ६० हजार र स्वास्थ्यमा २ करोड ४१ लाख १० हजार खर्च हुने अनुमान गरेको छ ।

देउमाईले नेपाल सरकारको शसर्त तर्फको २६ करोड ५० लाख, संघको समपुरक २ करोड ३२ लाख, भवन र अडिटरियमको लागि प्रदेश समपुरकको १ करोड, समपुरक कोषको १ करोड ५० लाख, संघको विशेष अनुदान १ करोड र प्रदेश सरकारको शसर्त अनुदान ११ लाख ७१ हजार खर्च हुने अनुमान गरेको छ ।

नगरले आर्थिक बर्ष ०७७÷७८ को लागि मृगौला प्रत्यारोपण गरेका र मुटुको भल्व फेरेका विरामीलाई निर्वाह भत्ता सहायता, जनता आवास कार्यक्रम, नगर प्रमुख सुरक्षित आप्रवासन कोष, प्रदेश समपुरक कोषको मुख्यमन्त्री सडक, डिजिटल नगरपालिकाको रुपमा विकासका कार्यलाई मुख्य प्राथमिकतामा राखेको छ । त्यसैगरी संघको समपुरक कोषबाट नगरपालिका नमुना पिच, प्रदेश समपुरक कोषबाट वडा कार्यालय भवन र अडियोटरियम हल बनाउने भएको छ ।

डिजिटल एक्सरे र एनालाइजर व्यवस्थापन, जिल्ला अस्पताल स्तरोन्नतीको लागि भ्यान्टिलेरट स्थापना सहयोग, एम्बुलेन्स खरिद, ५० प्रतिशत अनुदानमा कृषि नर्सरी स्थापना, मंगलबारे बहुमुखी क्याम्पस प्राध्यापक तथा कर्मचारी व्यवस्थापन, २५ प्रतिशत साझेदारीमा विद्यालय बस खरिद, शिक्षण सिकाईमा सुचना तथा संचार प्रविधिको प्रयोग र खेलकुद ग्राम निर्माणलाई मुख्य प्राथमिकतामा राखेर ७२ करोड भन्दा बढिको बजेटलाई खर्च गर्ने लक्ष्य राखेको छ ।
नगरपालिकाको बजेट पारित समारोहका प्रमुख अतिथि प्रदेश नं १ का भुमि व्यवस्था तथा कृषि राज्यमन्त्री माननीय राम बहादुर मगर रहेका थिए । नगर प्रमुख सूर्य पोखरेलले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेका थिए ।

मुख्र् कार्चक्रम:
१० मृगौला प्रत्ररोपण गरेका र मुटुको भल्ि फे रेका सिरामीलाई सनिाचह भत्ता िहार्ता उपलब्ध गराईने ।
२० जनता आिाि कार्चक्रम िर्ं ालन गररने ।
३० नगर प्रमुख िुरसक्षत आप्रिािन कोि स्थापना गररने ।
४० प्रदेि तथा स्थानीर् तहको िाझेदारीमा मुख्र् मन्त्री िडक स्तर उन्त्नसत गररने ।
५० िूर्ना प्रसिसधको प्ररेगद्वारा नगरपासलकालाई र्िै ििचिाट सडसजटल नगरपासलकाको रुपमा सिकसित गररने ।
६० नेपाल िरकार तथा स्थानीर् िरकारको िाझेदारीमा नगरपासलकामा नमूना सपर् कार्चक्रम िर्ं ालन गररने।
७० प्रदेि तथा स्थानीर् तहको िाझेदारीमा िडा कारचलर् भिन सनमाचण कार्च र्िै ििच िम्पन्त्न गररने ।
८० प्रदेि तथा स्थानीर् तहको िाझेदारीमा असडटोररर्म हल सनमाचण िम्पन्त्न गररने ।
९० प्राथसमक स्िास््र् के न्त्र मंगलिारेमा सडसजटल एक्िरे र एनालाइजर व्र्िस्थापन रप्लरिेन्त्टा सपट रईसन्त्िनेटर
ब्र्िस्थापन गररने ।
१०० एम्िुलेन्त्ि खररद गररने ।
११० ५० प्रसतित िाझेदारीमा कृसि निचरी स्थापना, मौरी घार सितरण, काउम्रट सितरण, गोठ िुधार, औजार उपकरण
सितरण, हातेट्र्
रकटर सितरण, च्रप्कटर खररद ढुिानी तथा सितरण, भकारो िुधार कार्चक्रम िंरलन।
१२० मंगलिारेिहुमुखी क्रम्पिमा प्राध्रपक तथा कमचररी व्रिस्थापनका लागी िजेट सिसनरेजन गररएको ।
१३० २५५ िाझेदाररमा िामुदासर्क सिद्यालर्लाई िि खररद गरी हस्तान्त्तरण गररने।
१४० सिक्षण सिकाइमा िूर्ना तथा िंरर प्रसिसधको प्ररेग गररने ।
१५० खेलकुद ग्राम सनमाचण िम्पन्त्न गररने ।

Leave a Reply

Your email address will not be published.