इलामको सूर्योदय नगरपालिकाको सातौंं नगरसभाद्धारा नीति तथा कार्यक्रम पारित

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस


लेप्चा जातिको नामवन पर्वमा स्थानीय विदा :

फिक्कल : सूर्योदय नगरपालिका इलामको सातौँ नगरसभामा प्रस्तावित नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । गत शुक्रबारबाट शुरु भएको सातौँ नगरसभामा पेश गरिएका प्रस्तावमाथी दफावार छलफल भएसँगै सोमबारको सभाले पारित गरेको हो । नगरसभाको पहिलो दिन नगर उपप्रमुख दुर्गादेवि भट्टराईले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७÷७८ को विकास योजनाका प्रमुख नीति तथा कार्यक्रम र शुसासन ब्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर ११ का अध्यक्ष टेकबहादुर राईले पेश गरेको नगरको शुसासन ब्यवस्थापन तथा संचालन ऐन २०७६ संसोधन गर्न बनेको विधेयक सभाले पारित गरेको हो । उक्त नीति तथा कार्यक्रममा लोपोन्मुख लेप्चा जातिको नामवन अर्थात नववर्ष पर्वका दिन सार्वजनिक विदा दिई उत्सव मनाईने विषय समेटिएको वडा नम्बर १० का अध्यक्ष पेमा उगेन लामाले बताए ।

निति तथा कार्यक्रममा उल्लेख भएअनुसार ‘लेप्चा जातिको आर्थिक,सामाजीक,साँस्कृतिक र धार्मिकस्थल संरक्षण तथा प्रवर्धन गर्दै लेप्चा भिलेज निर्माणको अध्ययन गरिने छ । ऐतिहासिक ज्यूठी ९किल्ला०लाई संरक्षण,संवर्धन र पुन निर्माणको नीति लिइनेछ साथै लेप्चा जातिसँग सम्बन्धित ऐतिहासिक फेन्सिङ गुम्बालाई धार्मिक पर्यटकिय केन्द्रको रुपमा विकास गर्दै लगिने’ जस्ता विषय समेटिएको छ । सोमबार बसेको नगरसभामा विभिन्न वडाका वडासदस्यहरुले सडक,कृषि,स्वास्थ्य र पर्यटन पुर्वाधार जस्ता विषयमा ध्यानाकर्षण गराएको वडा नम्बर १० का अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार, ‘वडा नम्बर १० का सदस्य भोगेन्द्र कार्कीले नगरपालिकाका केही वडामा समयमा अल वेदर बाटो निर्माणमा ढिलाई हुनाको कारण माथी प्रश्न गरेका थिए।

उनले वडा नम्बर २,३,४,५,७ र १० मा अल वेदर सडक निर्माण समयमा सम्पन्न नहुँदा सर्वसाधारणलाई सास्ती भएको गुनासो गरे । यसैगरि वडा नम्बर ८ का सदस्य रमेश प्रधानले नगरपालिका भित्ररहेका धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण र सम्वद्धन गरि ग्रामिण भेगमा संभावना भएर पनि ओझेलिएका मठ मन्दिरको ब्यवस्थापन गर्नुपर्ने माग राखे । स्वास्थ्य क्षेत्रमा समेत समस्या देखिएको हुँदा समाधानमा ध्यान पुर्याउनुपर्ने बताउँदै प्रधानले शव को पोष्टमाटम गर्नु पर्ने अवस्थामा शव चिरफार गर्ने ब्यक्तिको अभाब भएकाले नगरको नीति तथा कार्यक्रममा नै समाबेश गरि कर्मचारी ब्यवस्थापन गर्नुपर्ने बताए ।

चियामा देखिएको विवादका सम्बन्धमा बोल्दै सदस्य प्रधानले नगरपालिकाले लागु गरेको गुणस्तरिय चिया उत्पादन कार्यान्वयन कार्यविधि २०७५ अनिवार्य पालना गराउन आग्रह गरे । यता २ नम्बर वडाका सदस्य लोकमान नेपालले कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिए । सूर्योदय नगरपालिका गाईजोनमा परेपनि लकडाउनको समयमा स्थानिय डेरीहरु बन्द हुनाले किसानले उत्पादन गरेको दुग्द्य त्यसै खेर गएको गुनासो राखे । त्यसमाथी पनि थुप्रै डेरी उद्योगहरुले दुधको मुल्य समयमा भुक्तान नगरिदिनाले किसानलाई थप संकट देखिएको उनको भनाई छ । यस नगरपालिका कृषिमा आत्मनिर्भर बन्नका लागि धान,कोदो,गहुँ,मकै लगायतका खाद्यबालीहरुमा लगानी बडाउनुपर्ने नेपालले बताए । किसानका लागी खाद्यवालीको विउ र औषधीमा ५० प्रतिशत अनुदान नगरपालिकाले दिनुपर्ने वडासदस्य नेपालको माग छ ।

सोमबार सम्पन्न नगरसभामा सूर्योदय नगरपालिकाको अभिलेख संरक्षण विधेयक समितिका संयोजक प्रेम बहादुर तामाङ्गले अभिलेख संरक्षण विधेयक २०७७ पेश गरेका छन् । प्रस्तावित संरक्षण विधेयकमाथि आगामि असार १० गते बस्ने नगरसभाको दफावार छलफलपछि मात्र प्रस्ताव पारित हुने वा नहुने भन्ने विषय टुङ्गो लाग्ने १० नम्बर वडाका अध्यक्ष पेमा उगेन लामाले बताए । सोही दिन आ र ब २०७७÷७८ को बजेट बक्तब्य समेत हुने अध्यक्ष लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.