सूर्योदय नगरपालिकाद्धारा किसानलाई उन्नत जातको घासँ वितरण

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस


फिक्कल: इलामको सूर्योदयनगरपालिकाले हरेक बर्ष किसान लक्षित कार्यक्रमलाई निक्कै प्राथामिक्ता दिदै आएको छ ।चियाको न्यूनतम मूल्य निधारण गरेर किसानलाई राहत दिएको नगरले कृषिको अन्य क्षेत्रमा पनि निक्कै सकरात्मक कदमहरु चाल्दै आएको छ ।

उन्नत जातको गाई ८० प्रतिशत अनुदानमा वितरण घाँसको बिउ मलखाद लगायत वितरणमा आफनो नगरपालिकाले उच्च प्राथामित्ता दिए सगै यस क्षेत्रका किसानहरु निक्कै हर्षित भएका छन् । नगरले अर्गानिक नगरको आधार पशु आहारमा सुधार” भन्ने नारानै राखेर कार्यक्रम गर्दै आएको छ

सूर्योदय नगर गाई पालनको निकै महत्वपूर्ण ठॉउ हो। दैनिक हजारौं लिटर दुग्ध उत्पादन हुने नगरपालिकाको किसानहरूले घॉसरआहारको व्यवस्थित व्यवस्थापन गर्न सकेका छैनन् त्यसै कारण नगरपालिकाले किसानसित भन्ने नारासाथ क्रमागत यो कार्यक्रम गर्दै आएको छ। घॉसमा हुनु पर्ने प्रोटिन, गुलकोज, कयाल्लसियम जस्तो घॉसहरू उत्पादनमा प्राविधिक सहयोग पनि दिदै आएको छ।
हिउदमा घॉसको समस्या हुन्छ जस्को कारण किसानहरूलाई घॉस पुर्याउन समस्या पर्ने हुनाले झापामा निर्भर हुनुपर्ने हुन्छ। यी सबै कुरालाई ध्यान दिदै नगरले ६० हजार सुपर निपियर घॉसको विरूवा वितरण गरेको छ।
नगरपालिकाले बिराटनगरबाट ल्याई बितरण गरेको यो घॉस केहि बर्ष पछि यही नगरमा सूपर निपियरको स्रोत बन्नेमा ढुक्क भएर वितरण गरिएको नगरप्रमुख र०ा बहादुर राईले जानकारी दिनु भयो ।रेडियो फिक्कलबाट

Leave a Reply

Your email address will not be published.