इलामको माई नगरपालिकाको बजेट ५० करोड ५५ लाख

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

माई:इलामको कान्छो नगरपालिका माई नगरपालिकामा ५० करोड ५५ लाख ९१ हजार ५ सय रुपैयाको आय ब्यय पारित गर्दै सातौ नगरसभा सम्पन्न भएको छ । सभाले चालुतर्फ २० करोड ९ लाख ७८ हजार ५ सय अर्थात कुल बजेटको ३९ प्रतिशत रकम र पुँजीगत तर्फ ३० करोड ४६ लाख १३ हजार अर्थात ६१ प्रतिशत बजेट बिनियोजन गरिएको हो । नगर प्रमुख दिपक कुमार थेबेको अध्यक्षतामा सम्पन्न सभामा उपप्रमुख बिष्णुमाया रिमालले आर्थिक बर्ष ०७७÷०७८ का लागि ५० करोड ५५ लाख ९१ हजार ५ सयको सहितको बार्षिक बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

आम्दानी तर्फ आन्तरिक आम्दानी ३ करोड ८ लाख ८० हजार, अघिल्लो बर्षको अल्या बाट ४ करोड र जनसहभागिताबाट १ करोड गरी ८ करोड ८ लाख ८० हजार आन्तरीक राजश्व हुने गरी अनुमान गरिएको छ । अन्तर सरकारी बित्तय हस्तान्तरणका लागि शसर्त अनुदान १९ करोड ५९ लाख, बित्तिय समानीकरण ११ करोड ९० लाख, बिशेष अनुदानबाट ५० लाख र राजश्व वाँडफाँड बाट ९ करोड २३ लाख ११ हजार ५ सय २० रुपैया आम्दानी गरिने गरि पारित गरेको छ । त्यस्तै प्रदेश सरकारको बित्तिय समानीकरणबाट ७२ लाख २७ हजार , राजश्व बाँडफाँडबाट ५२ लाख ६४ हजार ९ सय ८० रुपैंया प्राप्त भएको छ ।

चालु खर्च तर्फ आन्तरिक श्रोतबाट ३ करोड २४ लाख ५० हजार, राजश्व बाँडफाँडबाट ४ करोड ८५ लाख २८ हजार ५ सय र सशर्त अनुदानबाट रु १२ करोड समेत गरी २० करोड ९ लाख ७८ हजार अर्थात ३९ प्रतिशत बजेट खर्च बिनियोजन गरिएको छ । पुँजीगत योजना तथा खर्चका लागि आन्तिरिक श्रोतबाट ४ करोड ८४ लाख ३० हजार, शसर्त अनुदानबाट ८ करोड ९ लाख, समानीकरणबाट १२ करोड ६२ लाख २७ हजार र राजश्व बाँडफाँडबाट ४ करोड ९० लाख ५६ हजार समेत गरि ३० करोड ४६ लाख १३ हजार अर्थात ६१ प्रतिशत बजेट खर्च बिनियोजन गरिएको छ ।

गत असार १० गते नीति तथा कार्यक्रम पारित गर्दै माई नगरपालिकाको सितलीमा शुरु भएको नगर सभा असार २१ गते आईतबार आर्थिक बर्ष २०७७⁄०७८ को बार्षिक बजेट पारित गर्दे सम्पन्न भएको थियो । यसै बिच माई नगरपालिकमा कर्तब्यनिष्ठ तथा इमान्दार भई कार्य गर्ने नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल र सहायक कर्मचारी टिका मगर लाई सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.