इलामको पशुपतिनगरमा पर्यटन पार्क र पोखरी निर्माण हुँदै

इलामको पशुपतिनगरमा पर्यटन पार्क र पोखरी निर्माण हुँदै

प्रेम अधिकारी पशुपतिनगर(इलाम)

पर्यटन प्रर्वधनका लागि इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगरमा पर्यटन पार्क र झील निर्माण गर्न थालिएको छ ।
प्रदेश सांषद खिनु लङवा लिम्बुको सांसद बिकास कोष मार्फतको बजेटबाट पशुपतिनगरका दुई स्थानमा पर्यटन पार्क र झील निर्माणको काम थालिएको हो ।
पशुपतिनगर बजार भन्दा माथिल्लो बन क्षेत्रमा पशुपतिनगर शान्ति बन बाटिका निर्माण भैरहेको छ । सांसद लिम्बुको सांसद बिकास कोष मार्फतको १४ लाख बढी रुपियाँ बजेटमा पार्क निर्माणको काम भैरहेको निर्माण समितिका अध्यक्ष कमल गदालले जानकारी दिनु भयो । १२ रोपनी १२ आना सार्वजनिक जमिनमा ३ सय ८० मिटर ट्रेकिङ रोड सहित घेराबार र पर्यटक बस्ने तीनबटा गोल घर निर्माणको काम भैरहेको छ । पार्क निर्माणका लागि सांसद लिम्बुको कोषबाट १४ लाख ४१ हजार ३ सय ६० रुपियाँ र स्थानीय उपभोक्तबाट ३ लाख ६० हजार ४ सय २७ रुपियाँ लागत साझेदारीमा निर्माणको काम भैरहेको निर्माण समितिका अध्यक्ष गदालले जानकारी दिनु भयो ।
यस्तै पशुपतिनगर बजारको तल्लो भागमा पर्यटकलाई आर्कषित गर्न पर्यटन पोखरी९झिल० निर्माणको काम भैरहेको छ । प्रदेश सांषद लङवाको सांषद बिकास कोषको २० लाख रुपियाँ लागतमा स्थानीय जरायोटार सिमढाप पोखरीको निर्माण भैरहेको हो ।
उक्त पोखरी निर्माणका लागि स्थानीय सुक्रे राई , टेकबहादुर गुरुङ, रमेश कटवाल , हर्कबहादुर राई , दिलिप यल्मोले १६ रोपनी जग्गा निशुल्क उपलब्ध गराउनु भएको छ । अन्य ४ रोपनी सार्वजनिक जग्गामा समेत पाखेरी निर्माण गरिने छ । उपभोक्ता समितिका अध्यक्ष प्रकाशचन्द्र राईका अनुसार हाल पोखरीको डयाम, प्लम वाल , ग्याविन वाल निर्माण र बाटो बनाउने काम भैरहेको छ । उक्त पोखरी निर्माणमा स्थानीयको २ लाख ४३ हजार ६ सय ३० रुपियाँ लागत साझेदारी रहने छ । स्थानीयले निशुल्क दिएको जमिन र सार्वजनिक गरी २० रोपनी जमिन उपभोक्ता समितिको नाममा नामसारीको काम समेत भैरहेको समितिका अध्यक्ष राईले जानकारी दिनु भयो ।
प्रदेश एक सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाको पशुपतिनगरमा बिभिन्न पर्यटकीय स्थलहरु रहेका छन । निर्माण भैरहेको पार्क र पोखरीले पशुपतिनगरमा पर्यटकको थप आर्कषण बढने प्रदेश सांसद खिनु लङवा लिम्बुले जानकारी दिनु भयो । उहाले अन्य बिकास संगै पर्यटकीय संभावना भएका स्थानमा पर्यटकीय संरचना निर्माण आफनो प्राथमिक्ता रहेको बताउनु भयो । सांसद लङवाले भन्नु भयो ‘ भौतीक बिकास संगै पर्यटनमा लगानी गर्नु पर्ने थुप्र ठाउँ छन, त्यसको शुरुवात भैसकेको छ ।’ नेपाल , भारत भुटान बंगलादेश र तेस्रो मुलुकका समेत पर्यटकको ओईरो लाग्ने पशुपतिनगरमा पर्यटन पार्क र पोखरी निर्माणले पर्यटकको बसाई लम्बीने सांसद लङवाले बताउनु भयो ।
गोरखापत्र दैनिकबाट