सूर्योदय नगरपालिकाको बौद्धधाममा सुपथ मुल्यको सहकारी पसल संचालन

  • 180
    Shares
सूर्योदय नगरपालिकाको बौद्धधाममा सुपथ मुल्यको सहकारी पसल संचालन

फिक्क्ल: इलामको सूर्योदय नगरपालिकाको बौद्धधाममा सुपथ मुल्यको सहकारी पसल संचालनमा ल्याईएको छ ।
सूर्योदय नगरपालिका वडा नम्बर २ र ३ का महिलाहरुले संचालन गरेको श्री पशुपति महिला बहुउद्देश्य सहकारी संस्थाले नगरपालिकाको आर्थिक सहयोगमा सुपथ मुल्यको सहकारी पसल संचालनमा ल्याएको हो ।
७०० भन्दा बढी महिला सेयर सदस्य रहेको सहकारीलाई सुपथ मुल्यको सहकारी पसल संचालनका लागि नगरले ५ लाख रुपैया सहयोग गरेपछि पसल संचालनमा आएको छ । सोमबार एक कार्यक्रमका बिच सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले उक्त पसलको उद्घाटन गर्नु भयो । पसल उद्घाटन गर्दै नगर प्रमुख राईले जनतालाई सस्तो र सहुलीयतमा आवश्यक उपभोग्य बस्तु प्रयोग गर्न सजिलो होस भन्ने उद्देश्यले सुपथ मूलयको सहकारी पसल संचालनमा ल्याईएको बताउनु भयो । कार्यक्रममा वडा नं.२ का वडाध्यक्ष चन्द्र सुब्बा,कार्यपालिका सदस्य सावित्रा सिवा लगायतको उपस्थिति रहेको थियो ।
नगरले सुपथ मुल्यको सहकारी पसल संचालनका लागि श्री पशुपति महिला बहुउद्देश्य सहकारी संस्था, समृद्धशिल कृषि सहकारी संस्था , प्रगतिशिल बहुउद्देश्य सहकारी संस्था र सगरमाथा बहुउद्देश्य सहकारी संस्थालाई ५÷५ लाख रुपैयाका दरले आर्थिक सहयोग गरेको छ ।