सूर्योदय नगरपालिकाको निति कार्यक्रम तथा बजेट सार्वजनिक

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ बिजनेस

फिक्कल: सूर्योदय नगरपालिकाको ७ औ नगरसभाबाट पारित चालु आर्थिक बर्ष २०७७÷७८ को निति बजेट तथा कार्यक्रम सार्वजनिकिकरण सम्पन्न भएको छ । नगरसभाको सभाहलमा भएको कार्यक्रममा चालु आर्थिक बर्षका लागि विनियोजना भएको १ अर्ब १९ करोड ५० लाख बराबरको बजेट सार्वजनिनिक गरिएको हो । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री रामबहादुर राना रहेका थिए ।

कार्यक्रममा बोल्दै रानाले आफनै सरकार र आफ्नै निकायमाथी विश्वास नभएको बताएका छन् । चियामा निकासीको सन्र्दभमा बोल्दै रानाले नेपालमा गरिने परिक्षणमा विश्वास नहुँदा चिया निर्यातमा झमेला पैदा हुने गरेको बताए । ‘भारत चिया बेच्न सिफएलका निम्ति १५ दिन रोकेर राखिदिन्छ । जवकी नेपाल र भारतको सम्बन्ध नेपालमा सिएफएल गर्दा पनि मान्ने भारतमा सिएफएल गर्दा पनि मान्ने भन्नेछ । काठमाण्डौमा चेक गर्ने हो भने दुवै तर्फको काम बन्छन् । त्यही सर्टिफीकेट भन्सारमा देखाउने कसैले रोक्न सक्दैन । ’ उनले भने ‘आफनै सरकार र आफनै निकायमाथी विश्वास छैन । त्यो अभ्यास हामीले गरेकै छैन् । भारतमा चेकजाँच अनि निकासी गराउने विश्वसनिय हुन्छ भनेर लागि परेका छौ ।’

चियाको जस्तै इलाममा तल्लो क्षेत्रमा कफिको समेत संभावना रहेकाले खेतीसंगै उद्योग संचालन गर्न सकिने रानाले बताए । कोरोनाको कारण बैदेशिक रोजगारबाट सिप सहित फर्किएका युवाहरुलाई व्यवसायिक बनाउनका निम्ति प्रदेश सरकारले कृषि क्षेत्रमा लाग्न चाहनेहरुको लागि ५ लाख रुपैया ऋण दिन थालेको बताए । उनले ३ बर्षसम्मको व्याज सरकारले नै तिरिदिने भएकाले त्यो आन्तरिक रोजगारीको अवसर भएको रानाले बताए । उनले जनताको प्राथमिकताका आधारमा बजेट बनाउन सके समृद्धिको सपना चाडै पुरा हुनेमा विश्वास रहेको बताए ।

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य सूर्यबाला राईले ३ तहका सरकारबाट देश चलिरहँदा उनीहरुबिचको उचित समन्वयले मात्र राष्ट्रले चाहेको लक्ष्य प्राप्ती गर्दै समृद्धिको दिशा तर्फ अघि बढने बताए । पुर्वको पशुपतीनगर देखी पश्चिमको कालापानीसम्मको सिमा अतिक्रमण उदाहरण दिँदै उनले देश दुखिरहेको बेला मल्हमपट्टी गर्न सवै नेपाली एकजुट हुनुको विकल्प नरहेको बताए । उनले संविधानले प्रद्धत गरेको अधिकारलाई प्रयोग गरेर अघि बढ्न सके स्थानीय सरकार जनताको सरकार बन्न सक्ने बताए ।

अर्का संविधानसभा सदस्य टिकाराम सुब्बा लाप्चाले नेपाली चियाको आफ्नै क्लोन नहुँदा भविष्यमा संकट आउन सक्ने बताए । अमेरिका र भारतबिच बासमती चामलको क्लोन विवादको उदाहरण प्रस्तुत गर्दै लाप्चाले चिया अनुसन्धान केन्द्र स्थापना गरेर नेपाली चियाको आफनै क्लोन बनाउनुपर्नेमा ध्यानार्कषण गराए । उनले तीनै तहको सरकारले यस बिषयमा गम्भिरतापुर्वक नसोचे नेपाली चियामा भारतको दाबी हुन सक्ने खतरा रहेको औल्याए ।

राप्रपा नेतृ एवम संविधानसभा सदस्य लिलादेवी श्रेष्ठले अहिलेको अवस्थामा कोभिड–१९ भाइरस भन्दा पनि भ्रष्टचारले देश संकटमा रहेको बताइन् । उनले भ्रष्टचारमुक्त अभियान सूर्योदय नगरबाट सुरु गर्न अपिल गरिन् । राज्यको अर्थतन्त्र उद्योगी र व्यवसायीहरुको करले धानेकाको कारण उनीहरुको हितमा सवै नगरले सोच्नुपर्ने बताइन् । श्रेष्ठले व्यक्ति र पार्टी हितभन्दा माथी उठेर जनताको समृद्धिको लागि नगरका योजना र बजेटहरुको कार्यान्वय हुनुपर्नेमा जोड दिइन् ।

नेकपाका केन्द्रिय सदस्य एवम प्रदेश सांसद धिरेन्द्र शर्मा रमणले मानविय विकास र भौतिक विकासलाई संगै अघि बढाउनु सराहनिय भएको बताए । उनले स्थानीय सरकार प्रोत्साहनमा प्रदेश सरकार सधै तत्पर रहेको बताए । नगर र प्रदेशको सफलतामा सवैको सहकार्य अनिवार्य रहेको शर्माले बताए । अर्की प्रदेश सांसद खिनु लङवा लिम्बुले नगरको निति तथा कार्यक्रमले नजिकको सरकारलाई प्रत्येकको घरघरमा पु¥याउने आशा रहेको बताइन् । सूर्योदय नगरपालिकामा मुख्यमन्त्री सडक अन्र्तगत ४ वटा बहुबर्षे आयोजना रहेकोले नगर समृद्धिमा सहयोग हुने बताइन् । नगरका टि टेस्टिङ सेन्टरसंगै अन्य पर्यटकिय पुर्वाधारलाई यस बर्ष पनि प्रदेश सरकारबाट प्राथमिकतामा राखेर बजेट बिनियोजना भएको बताउँदै नगरको वडा नं १०, ११ र १२ को सुख्खा क्षेत्रमा खानेपानी आयोजनाको अघि बढाउन बजेट छुट्याइएको बताइन् । उनले बजेट कार्यान्वयका लागि ३ तहको सरकारबिचको समन्वय अपरिहार्य रहेको बताइन् ।

जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले सूर्योदय नगरपालिकालाई व्यवस्थित र उच्च शिक्षाको हबको रुपमा विकास गर्नुपर्ने बताए । उनले स्वास्थ्यको क्षेत्रमा विशेषज्ञ डाक्टरहरुको व्यवस्था गर्दै पव्लिक प्राइभेट ढंगबाट जान सक्ने अस्पताल निर्माण गर्नुपर्ने बताए । बरालले भारतको दार्जिलिङबाट स्वास्थ्यको क्षेत्रमा छिटो छरितो सेवा दिएर त्यसको माध्यमबाट पर्यटन विकासमा गर्न सक्ने बिषयमा सूर्योदय नगरपालिकाले ध्यान दिनुपर्ने बताए । इलाम नगर प्रमुख महेश बस्नेतले जनप्रतिनिधिहरु समृद्धिको लागि एक भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । उनले जनताले विश्वासका साथ दिएको भोटलाई जनअपेक्षाको विकासबाट साकार तुल्याउनुपर्ने बताए ।

माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले सूर्योदय र माईजोगमाई सहकार्यको सिद्धान्तबाट अघि बढिरहेको बताए । उनले स्थानीय सरकारको नेतृत्व गरिरहँदा अघिल्ला सरकारहरु भन्दा फरक ढंगले संविधानको मर्मलाई टेकेर जनतालाई साथ लिएर अघि बढिरहेको बताए । पुर्व जिविस सभापती लालबहादुर सु्ब्बाले देश समृद्ध बनाउन जनचाहना र सहिदको सपनालाई पुरा गर्नका लागि स्थानीय सरकारको भुमिका महत्वपुर्ण रहेकाले अवसरलाई पुर्ण सदुपयोग गर्नुपर्ने बताए । उनले साविकमा १० हजारले सम्पुर्ण वडाको विकासका योजना पुरा गर्नुपर्ने अवस्था अहिले संघियतामा आएर फेरिएकोले त्यसलाई खेर नफाल्न जनप्रतिनिधीलाई आग्रह गरे । ३ तहका सरकारबाट संचालनमा आएका यो्जनाहरु चुस्त दुरुस्त बनाउन गम्भिर हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता प्रेमलाल चाम्लिङले राजनितिक आस्था भन्दा माथी उठेर निष्पक्ष काम गर्नु अहिलेको आवश्यकता रहेको धारणा राखे । उनले नगरको विकासमा नेपाली कांग्रेस जनप्रतिनिधीहरुलाई सहयोग गर्न सकारात्मक रहेको धारणा राखे । कार्यक्रम समापन गर्दै नगर प्रमुख रणबहादुर राईले कृषि, शिक्षा तथा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याइएको बताए । उनले नगरले विशेष गरेर दिगो विकासको लक्ष्यलाई आत्मसात गरेको बताए । उनले साविकको तुलनामा बजेटको आकार बढेपनि आवश्यकता पुर्ति अझै हुन नसकेको बताए ।

नगरको बजेटको ५०।४ प्रतिशत प्रशासनिक क्षेत्रमा नै खर्च हुने गरेकाले पनि भौतिक पुर्वाधार तथा जनअपेक्षाको पुर्ण रुपमा सम्वोधन गर्न नसकिएको बताए । राईले प्रदेश सरकारको ८० प्रतिशत र नगरको २० प्रतिशत लगानीमा टि टेस्टिङ सेन्टरको कामलाई अघि बढाइएको बताए । कार्यक्रममा नगरको कृषि, स्वास्थ्य, शिक्षा, पत्रकारिता सहकारी, खेलकुदका प्रतिभाहरु एवम जग्गादाताहरु सहित ३० भन्दा बढिलाई सम्मान एवम प्रशंसा पत्र प्रदान गरेको थियो । कार्यक्रममा नगर उपप्रमुख दुर्गादेवी भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.