सूर्योदय नगरपालिकाद्धारा पचास हजार बिरुवा वितरण

  • 247
    Shares
सूर्योदय नगरपालिकाद्धारा पचास हजार बिरुवा वितरण

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले नगर क्षेत्रलाई हरीयाली बनाउने अभियान अन्र्तगत बिभिन्न जातका ५० हजार विरुवाहरु सामुदायिक वनहरुलाई वितरण गरेको छ।
नगरपालिकाको वन,वातावरण तथा विपद व्यवस्थापन समिति मार्फत नगर क्षेत्रका सामुदायिक बनहरुलाई चाप , तेजपत्ता , उत्तीस लगायतका गरी ५० हजार बिरुवा बितरण गरेको हो । नगरपालिकाको वन,वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक सुवास कुमार राईका अनुसार वडा नम्बर १२ को गणेश्वरी माध्यमिक बिद्यालयलाई ७०० वटा तेजपत्ता.र ५०० वटा उत्तीसको बिरुवा बितरण गरिएको छ । यस्तै वडा नम्बर ८ को मालुम सामुदायिक वनलाई २०० चाप. र ५० वटा तेजपत्ताको बिरुवा बितरण गरिएको छ । नगरले वडा नम्बर १ को चित्रेहिले सामुदायिक वनलाई २०० वटा चाप.र आठ हजार वटा उत्तीस, वडा नम्बर ८ को सिद्ध आधारभूत बिद्यालयलाई २०० वटा चाप र ५० वटा तेजपत्ता, सोही वडाको याङथुम गुम्बालाई ५० वटा चाप र .५० वटा तेजपत्ता, वडा नम्बर २ को रानीवनलाई २०० वटा चाप र वडा नम्बर ८ को सिद्धबाबा आर्यघाटलाई २०० वटा उत्तीस, ५० वटा चाप र १० वटा तेजपत्ता बितरण गरेको छ ।
वितरण गर्दै सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले बन जंगल जोगाए मात्र वातावरण जोगाउन सकिने भएकाले अभियानकै रुपमा बिरुवा रोपण कार्यक्रम शुरु गरिएको बताउनु भयो । नगर प्रमुख राईले भन्नु भयो ‘ बिरुवा रोपेर मात्र भएर सम्बन्धित सबैले बिरुवा हुर्काउने कार्यमा लाग्नु पर्छ ।’ उहाले आगामी बर्ष नगर क्षेत्रका सबै सामुदायिक बन र सार्वजनिक स्थलमा बिरुवा रोपणका लागि थप योजना संचालन गरिने जानकारी दिनु भयो । ‘बोट बिरुवा जोगाउन सके वातावरण त जोगीन्छ नै नगरको र सामुदायीक बनहरुको आम्दानीको स्रोत पनि बढने छ ’ नगर प्रमुख राईले भन्नु भयो । प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदयलाई हरीयाली र वातावरण मैत्री राख्ने योजना नगरको छ ।