माईजोगमाईको शंखावुङमा ५० केभीएको ट्रान्सफर्मर जडान

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

नयाँबजार: इलामको माईजोगमाई गाउँपालिका वडा नं १ मा रहेको शंखाबुङ क्षेत्रमा विद्युत विस्तार गरिएको छ । । विद्युत अभावमा स्थानीय बासिन्दाले समस्या भोग्नुपरेको गुनासोपछि सो क्षेत्रमा ५० केभीए को ट्रान्सफर्मर राखेर थप विद्युत विस्तार गरिएको हो । गाउँपालिका क्षेत्रभित्र बिधुतको सेवा सबै ठाउमा पुर्याउने उदेश्यका साथ विस्तार गरिएको विद्युत सेवाको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले उद्धघाटन गरे ।

नेपाल बिधुत प्राधिकरण ईलाम वितरण केन्द्र ले सो क्षेत्रको लागि नयाँ टान्सफर्मर तार तथा आवश्यक अन्य सामाग्रीहरू उपलब्ध गराएपछि थ्रीफेजको लाइन विस्तार भएको हो । यसअघि सो क्षेत्रमा १५ केभीएको ट्रान्सफर्मर रहेको थियो । कम क्षमताको ट्रान्सफर्मर भएका कारण बारम्बार विद्युतमा समस्या हुँदै आएपछि अहिले ठुलो क्षमताको राखेर जनतालाई सहज रुपमा विद्युत सेवा पु¥याउने काम अघि बढाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

ट्रान्सफर्मरले शंखाबुङ क्षेत्रका २०० भन्दा धेरै घरधुरीलाई राहत पुग्ने जनाइएको छ । अन्य क्षेत्रमा पनि पोल, ट्रान्सफर्मर तथा बिधुत उपलब्ध नभएको ठाउमा नयाँ लाईन बिस्तारको कार्य पनि अब चाडै सक्ने गाउँपालिकाले जनाएको छ ।
अहिले माईजोगमाई गाउपालिकाले आफ्नो फिडर सेवा समेत संचालन गरिसकेको छ । फिडर सेवा संचालन भएपछि बिधुत मर्मत गर्न कम समय लाग्ने माईजोगमाई फ्युज सेवा केन्द्रका शाखा प्रमुख ख्याम कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published.