सूर्योदयका किसानलाई ५६ वटा घाँस काट्ने मेसिन बितरण

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले ‘किसानसंग संमृद्धि’अभियान अन्तर्गत १४ वटै वडाका पशुपालक किसानहरुलाई मोटर सहितको घाँस काटने मेसिन वितरण गरिएको छ।
कृषिमा आधुनिकिकरण गर्दै उत्पादन लागत कम गर्ने उद्देश्यले नगरपालिकाले कृषिमा आवद्ध किसानहरुलाई ५० प्रतिशत अनुदानमा घाँस काटने मेसिन वितरण गरिएको हो ।
नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच १४ वटै वडाका ५६ जना किसानलाई नगरप्रमुख रण बहादुर राईले मेसीन हस्तान्तरण गर्नु भयो ।
नगरको बार्षिक कार्यक्रम अनुसार पशुसेवा शाखाको सिफारिसमा नगरले उक्त मेसिन बितरण गरेको छ । किसानलाई मेसिन मात्र दिदा गतबर्ष त्यति प्रभावकारी नभएकोले यो बर्ष मोटर सहित मेसिन बितरण गरिएको नगरप्रमुख रण बहादुर राईले जानकारी दिनु भयो ।
नगर प्रमुख राईले किसानको समृद्धिनै नगरको आर्थिक समृद्धि भएकाले किसानलाई प्रत्यक्ष फाईदा हुँने काम नगरे गरिरहेको बताउनु भयो । नगर प्रमुख राईले भन्नु भयो ‘ नगरले दैनिक २ लाख लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएकाले पहिला पशु सुधारको काममा लागेका छौ।’
नगरले दुध उत्पादन बढाएर पाउडर प्लान्ट संचालन गर्ने योजना अनुसार अहिले नगरका किसानलाई गाई वितरण, घासको बीउँ र बिरुवा बितरण गर्नुका साथै भकारो सुधार कार्यक्रम समेत गरिरहेको छ । सूर्योदय नगरपालिकाका आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले प्रतिगोटा ३० हजार मुल्यको मेसीनमा किसानले आधा लगानी गरेको बताउनु भयो । पुरै अनुदान दिदा किसानको दायीत्व नदेखिने भएकाले किसानलाई थप जिम्मेवार बनाउन ५० प्रतिशत अनुसानको कार्यक्तम ल्याईएको जानकारी दिनु भयो । नगरपालिकाले ‘किसानसंग संमृद्धि’अभियान नामको कार्यक्रम नै नगरपालिकामा संचालन गरिरहेको छ ।

Leave a comment

Your email address will not be published.