सशस्त्र प्रहरी पशुपतिनगरले पक्राउ गरेको २ लाख बढीको सामग्री भन्सारमा बुझाईयो

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ बिजनेस

पशुपतिनगर(इलाम)

सशस्त्र प्रहरी बल (बीओपी) पशुपतिनगरले भारतबाट भन्सार छली गरी अवैध रुपमा नेपाल ल्याईदै गरिएको दुई लाख रुपियाँ बढीको सामग्री पक्राउ गरी भन्सारमा बुझाएको छ ।
लकडाउनको समयमा लुकाईछिपाई भारतको सिलीगुडीबाट पशुपतिनगर हुँदै सूर्योदय नगरपालिकाको फिक्कल ल्याईदै गरेको दुई लाख १३ हजार दुई सय ६० रुपियाँ बराबरको सामान पक्राउ गरी पशुपतिनगर भन्सार कार्यालयमा बुझाएको हो ।
सुराकीका आधारमा भन्सार छलेर नेपाल भित्राई सकिएको मोवाईल पार्टस र गाडीको सामान सूर्योदयन गरपालिका ३ बौद्यधाममा बुधबार साझ पक्राउ गरेको सशस्त्र प्रहरी बल (बीओपी) पशुपतिनगरका सशस्त्र प्रहरी निरीक्षक नविन खतिवडाले जानकारी दिनु भयो । प्रहरी निरीक्षक खतिवडाका अनुसार सामान बोकेका ब्यक्ति प्रहरीलाई देखे पछि उक्त सामान छोडेर भागेका थिए । उहाका अनुसार पक्राउ गरिएका सामग्रीमा १ थान मोवाईल सेट, १४२ थान मोवाईल एलईडी, १३३ थान मोवाईल टचप्लेट, २० थान मोवाईल पत्ती, १० थान मोवाईल चार्जरबोर्ड र ३ थान मोवाईल डिसप्ले रहेका छन् । यसै गरी प्रहरीले ३ थान गाडीको कलजप्लेट, २ थान गाडीको सकअप र २ थान गाडीको वासकिड बरामद गरी पशुपतिनगर भन्सार कार्यालयमा दाखिला गरेको छ । पशुपतिनगर भन्सार कार्यालयका प्रमुख युगल किशोर गौतमले तोकीएको मुल्य भन्दा बढीको सामान भए पनि लिलामी गर्नु पर्ने भएकाले उक्त प्रक्रियाका लागि कम मुल्य राखीएको बताउनु भयो । उहाले १५ दिन पछि उक्त सामानको लिलामी प्रक्रिया हुने बताउनु भयो ।
सशस्त्र प्रहरी निरीक्षक खतिवडाले लकडाउनको समयमा समेत प्रहरीलाई छक्कयाए चारबाटो हुँदै सामान ल्याएको भए पनि सुराखीका आधारमा सामान पक्राउन गर्न सफल भएको बताउनुु भयो । खतिवडाले भन्नु भयो ‘भारतमा समेत लकडाउन भएको बेला भन्सार छलेर सामान ल्याए पछि सीमानामा प्रहरीको सक्रियाताले समात्न सक्यौ ।’ भन्सार छली गरेर सामान ओसार पसार गर्नेहरुले उक्त नाकाको मुख्य राजमार्ग छोडेर चोरबाटो प्रयोग गर्ने गरेका छन ।
सशस्त्र प्रहरी निरीक्षक खतिवडाको कमाण्डमा खटीएको टोलीले उक्त सामान सहित केहि दिन अघि भारत लैजादै गरेको ८० हजार मुल्यको चुरोट, ७० हजार मुल्यको छुर्पी , २० हजार मुल्यको दाल र १५ हजार मुल्यको कालो साबुन पक्राउ गरी भन्सारमा बुझाएको थियो । उक्त सीमा क्षेत्रमा पछिल्लो समय सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षाबल एस.एस.बीले अवैध गतिविधि र कोरोना रोकथामका लागि संयुक्त गस्ति समेत गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.