इलामको तिनखुट्टेबाट भारत लैजान लागिएको १४६ बोरा मटर र गाडी पक्राउ

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध जीवन शैली प्रदेश नं. १ बिजनेस


फिक्कल: इलामको सूर्योदय नगरपालिका ३ तिनखुट्टेबाट भन्सार छलेर भारत लैजान लागिएको १४६ बोरा सेतो मटर प्रहरीले गाडी र चालक सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलीले सूर्योदय नगरपालिका वडा नंम्बर ३ तिनखुट्टेमा लोड गरेर भारत लैजान लागिएको अवस्थामा प्रहरीले उक्त सामान शनिबनर राती पक्राउ गरेको हो ।
प्रहरीले मटर सहित बा. ३ ख ५२४४ नंम्बरकोे ट्रक र चालक सर्योदय नगरपालिका वडा नंम्बर १ गोर्खेका चेतन दाहाललाई समेत नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिनु भयो ।
भन्सार छलेर भारत लैजान लागिएको १ लाख ८२ हजार रुपैयाँ बढीको उक्त सामान प्रहरीले नियन्त्रणमा लिएर पशुपतिनगर भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनु भयो ।

यस अघि सशस्त्र प्रहरी बल पशुपतिनगर बौद्यधामबाट २ लाख १३ हजारको मोवाईलको पार्टस र गाडीका पाठपूर्जा बरामद गरी भन्सारमा बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published.