माईजोगमाईमा बन्ने २५ शैयाकोे अस्पतालका लागि २ करोड ५० लाख पर्ने जग्गा श्रेष्ठद्धारा निःशुल्क प्रदान

माईजोगमाईमा बन्ने २५ शैयाकोे अस्पतालका लागि २ करोड ५० लाख पर्ने जग्गा श्रेष्ठद्धारा निःशुल्क प्रदान

फिक्कल: इलामको माईजोगमाई गाउँपालिकामा बन्ने २५ शैयाकोे अस्पताल संचालनका लागि २ करोड ५० लाख मुल्य पर्ने जग्गा स्थानीय ध्रुव श्रेष्ठले निःशुल्क उपलब्ध गराउनु भएको छ ।
संघीय सरकारको १० करोड बढी लागनीमा निर्माण हुँने उक्त अस्पतालका लागि माईजोगमाई १ नयाँबजारमा उक्त बजारका श्रेष्ठले निशुल्क गाउँपालिकालाई जग्गा उपलब्ध गराउनु भएको हो ।
सोमबार मालपोत कार्यालय इलाममा श्रेष्ठले उक्त जग्गा गाउँपालिकाका नाममा राजिनामा पास गरिदिनु भएको छ ।

गाउँपालिका अध्यक्ष जित बहादुर राई , गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामशंकर देव लगायतको उपस्थितिमा श्रेष्टले जग्गा धनी पुर्जाको प्रमाण पत्र प्रदान गर्नु भयो ।
गाउँपालिका अध्यक्ष राईले केन्द्र सरकारले अस्पतालको डिपिआर गरिसकेकाले अव चाडै भवन निर्माणका लागि टेन्डर खोलीने जानकारी दिनु भयो ।

उक्त अस्पतालमा २ जना एमबीबीएस डाक्टर सहितका स्वास्थ्यकर्मीले सेवा दिईने जनाईएको छ । जग्गा दाता श्रेष्ठले अस्पतालको अभावमा समस्या झेली रहेका स्थानीयलाई सहज होस भनेर आफुले अस्पताल निर्माणका लागि जग्गा दिएको जानकारी दिनु भयो । अस्पताल नहुँदा अहिले उक्त क्षेत्रका स्थानीयले झापा लगायतका स्थानमा उपचारका लागि जानु पर्ने बाध्यता रहेको छ ।