लकडाउन पछि सीमावर्ती पशुपतिनगर बजार सुनसान बन्दै

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

फिक्कल : कोरोनाका कारण सरकारले लगाएको लकडाउन पछि अहिल देशभरका बजारहरु पुरानै अवस्थामा फर्कने प्रयास छन् । तर नेपाल भारत सिमाको पशुपतीनगरका पसलका सटरहरुमा भने अझै ताला झुन्डिएको देख्न सकिन्छ । ६ महिना अघिसम्म नेपाल–भारत सिमामा पर्ने सूर्योदय नगरपालिकाको पशुपतीनगर बजारमा भारतीय पर्यटकहरुको घुइचो हुने ग¥थ्यो । पर्यटकहरुको चापले थामिनसक्नु हुने सडक आजकाल खाली देखिन्छ । धेरै जसो पसलका सटरहरु बन्द छन् ।

खुलेका पसलहरुमा पनि ग्राहक नहुँदा सुनसान प्राय नै देखिन्छ । कोही पसलमा आएको देख्दा पनि व्यपारीको खुशीको सिमा हुन्न् । कोरोनाका कारण सिमा नाका ठप्प भएपछि भारतीय पर्यटक नआउँदा करिब ४ दशक भन्दा लामो समय देखि पसल गर्दै आएका प्रेमनाथ पाण्डेलाई विस्थापनको चिन्ताले सताएको छ । ‘ ४० बर्ष भन्दा बढि भयो पशुपतीनगरमा पसल थालेको यस्तो कहिले भएको थिएन् । नेपाल बन्दमा पनि पसल खुल्ला नै हुन्थ्यो ।’ उनले भने ‘ दिनभरी ग्राहक रुघेर बस्यो कहिले काहि त बोनी नै नभई पसल बन्द गर्नुपर्छ । भारतीय पर्यटकले टिकेको बजार हो पशुपतीनगर ।’

पशुपतीनगर बजारमा बाह्रै महिना भारतीय पर्यटकहरुको चाप रहने ग¥थ्यो । अहिले कोरोनाको कहरले ६ महिना देखि व्यपारीहरुलाई घरभाडा तिर्न नै धो धौ छ । कतिपय व्यपारीहरु व्यवसाय बन्द गरेर घर फर्किसकेका छन् । कोरोनाको कहर लम्बिए विस्थापित हुनुको विकल्प नभएको व्यवसायी शेषलाल यादब बताउँछन् । ‘ बार्षिक रुपमा २ लाख रुपैया भन्दा बढि घर भाँडा तिर्नुपर्छ ।’ उनले भने ‘ पसल खोले पनि ग्राहक आउँदैनन् यस्तै हो भने पसल बन्द गरेर हिडनुपर्छ । ’

कतिपय व्यवसायीहरु पुरानै अवस्थामा फर्कने आशमा घरभाडा तिरेर नै बसेका छन् । संकटमा रहेका व्यवसायीहरु सरकारबाट सहयोग हुनुपर्ने माग राख्छन् । ‘ पशुपतीनगर मात्र हैन सिमाको सवै बजारका व्यवसायीको अवस्था उस्तै छ । सिमा खोल्ने केही कुरा छैन् । न सरकारले हेर्छ न व्यपार व्यवासय हुन्छ ।’ महालक्ष्मी स्टोरका संचालक सुधिर भन्छन् । लकडाउनका कारण घर गएको व्यवसायीहरु फर्कन नसक्दा पसलमा रहेका सामाग्रीहरुमा ढुसी पलाउने चिन्ता बढ्दै जान थालेको छ । केही बर्षअघिसम्म भारतीय व्यपारीहरुको लागि फेन्सी सामाग्री एवम फरेन गुडस खरिदको नजिकको बजार पशुपतीनगर नै थियो ।

चीनबाट आउने धेरै जसो लत्ताकपडा, फेन्सी सामाग्री, जुत्ता लगायतक सामाग्रीहरु खरिद गर्न भारतको दार्जिलिङ, सिक्किम, कालेम्पोङ, सिलगुडी लगायतका स्थानबाट व्यपारीहरु आउने गरेका थिए । तर अहिले भारतीय बजारमा सोझै यस्ता सामाग्रीहरु पाउने थालेपछि पशुपतीनगर बजार सुक्दै गएको हो । अर्को तर्फ कोरोनाले झन झन आक्रान्त बनाएको अवस्थामा व्यपारी पलायन रोक्न नै चुनौती रहेको सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई बताउँछन् ।

सरकारले लगाएको करिब १२० दिनको लकडाउनपछि अहिले देशभरका बजारहरु फाट्फुटट् खुले पनि पशुपतीनगर बजारमा भने धेरै जसो सटरहरुमा अझै पनि ताला नै लागेको छ । कोरानाको कहरपछि लगाइएको लकडाउन खुलेको झन्डै २ महिना वितेपनि धेरै जसो व्यवसायीहरु पशुपतीनगर बजारमा फर्कन सकेका छैनन् । स्थानीय सरकारले पसल खोल्नका लागि अवरोध नगरेपनि व्यपार व्यवसाय चौपट भएका कारण सिमाको बजार पशुपतीनगर अहिले संकटमा परेको वडा नं २ का अध्यक्ष चन्द्रकुमार सुब्बा गुनासो गर्छन् ।

‘ हामीले त व्यपारीहरुलाई पसल खोल्नु भनेकै छौ । व्यपार व्यवसाय नै नहुने भएपछि धेरैले खोल्न सकेका छैनन् । ’ सुब्बाले भने ‘ पशुपतीनगरको व्यपार नै भारतीय पर्यटकहरुबाट चलेको छ । उनीहरु नै नआएपछि बजारको सुनसान नै बनेको हो ।’ पर्यटनको सिजन सुरु हुने बेला भएपनि कोरोनाको कहर नसकिदा पशुपतीनगर शुन्यप्राय नै छ । भारतको कोलकत्ता, सिक्किम, चेन्नाई, मद्रास, मुम्वई लगायतका क्षेत्रबाट बर्षेनी हजारौको संख्यामा पर्यटकहरु पशुपतीनगर आउने गरेका थिए । उनीहरुबाट नै यस क्षेत्रको व्यपार संचालन हुने गरेको थियो ।

Leave a Reply

Your email address will not be published.