सेयरधनीलाई ७ प्रतिशत लाभांश बाँड्दै सुपरमाई

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ बिजनेस


इलाम : सुपर माई हाइड्रो पावर कम्पनीले सेयरधनीलाई ७।१५ प्रतिशत नगद लाभांश बाँड्ने भएको छ ।कम्पनीले इलाममा सञ्चालित ७।८ मेगावाटको सुपर माई जलविद्युत आयोजनामा लगानी गर्ने संस्थापक सेयरधनीलाई नगद लाभांश दिन लागेको हो ।आर्थिक वर्ष २०७६र७७ सम्मको संचित नाफाबाट २ करोड ८२ लाख ७३ हजार ७ सय ५ रुपैयाँ नगद लाभांश बाँड्ने निर्णय भएको कम्पनीका सञ्चालक मोहनबिक्रम कार्कीले बताए ।

उनका अनुसार भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई नगद लाभांश दिन प्रस्ताव गरेको हो ।सञ्चालक समितिको प्रस्ताव आगामी असोज १७ गते हुने कम्पनीको छैटौं साधारणसभाबाट पारित भएपछि सेयरधनीमा लाभांश बाँडिने पनि उनले बताए । कम्पनीको चुक्ता पुँजी ३९ करोड ५० लाख रुपैयाँ छ ।

सुपर माई पब्लिक कम्पनी भए पनि सर्वसाधारणमा सेयर निष्कासन गरी नसकेकाले संस्थापक सेयरधनीले मात्रै नगद लाभांश पाउने भएका छन् । कम्पनीमा लगानी गर्ने १६ जना संस्थापक सेयरधनी छन् ।कम्पनीले निर्माण गरेको सुपर माईले २०७५ कात्तिकदेखि व्यावसायिक विद्युत उत्पादन गर्दै आएको छ ।

निर्माण थालेको १८ महिनामा आयोजना सम्पन्न भई विद्युत उत्पादन सुरु भएको थियो । यो आयोजना लक्ष्यभन्दा २१ महिनाअघि सञ्चालनमा आएको थियो ।सुपर माईमा लगानी गरेको समूहले नै ९।६ मेगावाटको सुपर माई ‘ए’ र ३। सुपर माई क्यासकेड आयोजनाको सफल निर्माण गरी विद्युत उत्पादन सुरु गरिरहेको छ

Leave a Reply

Your email address will not be published.