खर्च अभावमा दुबै किड्नी फेल भएकी सूर्योदयकी वालिका एक बर्ष देखि छटपटाउदै

खर्च अभावमा दुबै किड्नी फेल भएकी सूर्योदयकी वालिका एक बर्ष देखि छटपटाउदै

गरिबीको पिढाः

फिक्कल: टाटीले बारेको घर । माटो झरेर टाटीमात्रै हुन लागेको घरमा ३ छोराछोरी र ६ बर्ष देखि प्यारलाईसिसले थलीएकी श्रीमती । दैनिक जयालादारी गरेर पेटपाल्ने सूर्योदय नगरपालिका १० का टिकाराम तामाङको गरिबी बयान गरेर साध्य छैन ।
त्यहि माथी सात बर्षकी छोरी अञ्जली तामाङमा लागेको ‘कडा रोग’को पिडाले उनलाई पिरोल्नु सम्म पिरोलेको छ । डाक्टरले एक बर्ष अघि नै अञ्जलीको किड्नीले काम नदिएका बताए पनि उहाले उपचार गर्न सक्नु भएको छेन । अहिले खुट्टा देखि टाउको सम्म पुरै सुनिएको छ । मेची अञ्चल अस्पताल भद्रपुर झापा पु¥याए पछि नोवेल अस्पताल विराटनगरका लागि रिफर गरियोे । स्थानीयको सहयोगमा नोवेल अस्पताल विराटनगर पु¥याए पछि ‘डाइलोसिस नथाम्ने भन्दै फिर्ता गरेपछि बाबु टिकारमाको छटपटी झनै थपिएको थियो । पछिल्लो समय अञ्जलीलाई मेची अञ्चल अस्पतालबाट आईतबार घर ल्याईएको छ । बुबा टिकारामले भन्नु भयो ‘छरछिमेकले जुटाई दिएको पैसाले आईतबार काठमाण्डौं लैजाने तयारी छ ।’ ‘चिनेको छैन जानेको छैन कसरी उपचारमा लैजाने केहि उपाय छैन ’टिकारामले दुखेसो पोख्नु भयो ।
देख्दा मोटाए जस्तो लाग्ने अञ्जली एक बर्ष देखि पिडामा हुनुहुन्छ । शरिरमा तागत शुन्य प्राय भएको छ । करफोक माध्यमिक विद्यालयमा कक्षा २ मा पढ्ने अञ्जली एक बर्ष देखि स्कुल जान सक्नु भएको छैन । टिकाराम भन्छन् ‘घरपनि छैन , जमिन पनि छैन, छोरी कसरी बचाउने भन्ने चिन्ता छ’
६ बर्ष देखि एउटा खुट्टो नचल्ने टिकारामकी श्रीमती सुमित्रा तामाङलाई घर भित्रबाहिर गर्न पनि समस्या छ । छोरीको पिडाले उहालाई झनै कमजोर बनाउँदै छ । जसरी पनि छोरी बचाउनका लागि सहयोको याचना गर्दै आउनु भएको छ टिकाराम । अरुको मेलापात गरेर जिविका धान्ने टिकारामलाई स्थानीयले दुई रोपनी जमिन दिएका छन, उहा त्यहि खनीखोर्सी गर्नुहुन्छ ।
जसोतसो पेटपाल्न ज्यालादारी गर्ने टिकाराम अहिले छोरी बचाउन चन्दा माग्न व्यस्त हुनुहुन्छ ।

टिकारामलाई छोरीको किड्नी जोगाउन लाग्ने रकमको अत्तोपत्तो छैन । उहा भन्नुहुन्छ ‘लाउला खाउला उमेरकी छोरीको ज्यान जोगाउन मनकारीहरुको सहयोगको आश गरेको छु । तामाङ परिवाले छोरीको ज्यान बचाउन सहयोग संकलनका लागि इलामको फिक्कल स्थित कृषि विकास बैकमा खाता समेत खोलेका छन् । तामाङले कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन आव्हान समेत गर्नु भएको छ ।