चियाको टेड्रमार्क कार्यान्वय संगै कृषिजन्य बस्तुको बजारीकरणको ढोका खुल्योः कृषि मन्त्री भुसाल

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ बिजनेस

१२ उद्योगी र सहकारीलाई चियाको टेड्रमाक हस्तान्तरण

फिक्कल: कृषि तथा पशुपंक्षी बिकास मन्त्री घनश्याम भुसालले चियाको आफनो लोगो(टेड्रमार्क) कार्यान्वय संगै नेपालको कृषि क्षेत्रमा समृद्धिको ढोका खुलेको बताउनु भएको छ ।

नेपाली चिया रोपणको १ सय ५७ बर्ष पछि राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको आयोजनामा इलामको सूर्योदय नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा मन्त्री भुसालले लोगो बितरण गर्दै बिभिन्न समस्याका बिच नेपालमै पहिलो पटक नेपाली चियाको लोगो कार्यान्यवयमा आए पछि कृषि क्षेत्रमा समृद्धिको ढोका खुलेको बताउनु भएको हो ।
नेपाली अर्थोडक्स चिया टेडमार्क कार्यान्वयन अन्र्तगत पूर्वका १२ वटा अर्थोडक्स चिया उद्योग तथा सहकारीलाई टेडमार्क बितरण गर्दै मंगलबार मन्त्री भुसालले चियाको लोगो कार्यान्वयनमा आए संगै चिया सहित अन्य कृषिजन्य बस्तुको अन्तराष्ट्रिय बजारीकरणमा ढोका खुलेको बताउनु भएको हो । मन्त्री भुसालले चियाको लोगो पाउनु चिया किसान उद्योगी मात्र नभएर देशकै समृद्धि हुने बताउनु भयो।
उक्त अवसरमा प्रदेश १ का भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम बहादुर मगरले ज्रविक कृषि उत्पादनमा लाग्न जोड दिनु भयो । उहाले लोगो पाउदाको खुसी सधै कार्यान्वयन गर्न किसान , उद्योगी र सरकार समेत सचेत बन्नु पर्ने बताउनु भयो ।
चियाको राजधानी मानिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले लोगो कार्यान्वयनमा आए पनि केहि असमतीका बुदा कार्यान्वयन गरेर जानु पर्ने बताउनु भयो ।उहाले राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड लोगो कार्यान्वयन नीतिमा केहि संसोधन गर्नु पर्ने बताउनु भयो ।
सो अवसरका नेपालमा चिया उत्पादन शुरु भएको १ सय ५७ बर्ष पछि पहिलो पटक १२ जना उद्योगीले नेपाली चियाको लोगो(टे«डमाक) बितरण गरिएको थियो ।
पहिलो पटक लोगो पाउनेमा सन्दकपुर टि प्रोसेसर प्रा.लि., हिमालयन सांग्रिला टि प्रोडुसर्स प्रा.लि., जस्विरे टि प्रसोधन उद्योग, गोर्खा टि स्टेट प्रा.लि. , नेपाल ग्रीन टि एण्ड स्पेसियालिटि, ओएसीस टि एण्ड इन्डस्ट्रिज , तारा गाउँ टि स्टेट, साखेजुङ हिल रेज चिया प्रसोधन उद्योग, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, सगरमाथा टि स्टेट प्रा.लि. , बोक्रेडाडा अर्गानिक अर्थोडक्स चिया उद्योग र हिंहदेबी चिया उत्पादक सहकारी संथा रहेका छन । सो अवसरमा चिया उद्योगी उदय चापागाईले लामो संघर्ष पछि लोगो पाउनु ठुलो उपलब्धी भएको बताउनु भयो । राष्ट्रिय चिया तथा कफि बिकास बोर्डका निर्देशक डा. बिष्णु भटराईले राजनीतिक हस्तक्षेपका कारण बोर्डले समेत राम्ररी काम गर्न नसकेको बताउनु भयो ।
चिया उद्योगी उदय चापागाईले लामो समय पछि कार्यान्वयनमा आएको लोगो स्थापीत गर्न लाग्नु पर्ने बताउनु भयो । उहााले लोगोका बिषयमा कुनै बिवाद नरहेको समेत प्रष्ट पार्नु भयो । चिया उद्योगी रविन राईले लोगो कार्यान्वयनमा सरोकार राख्ने सबैलाई समेट्न आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published.