भन्सार छलेर इलाम ल्याईएको भारतीय मदिरा प्रहरीद्धारा बरामद

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध जीवन शैली प्रदेश नं. १ बिजनेस

फिक्कल: भारतबाट भन्सार छली नेपाल ल्याईएको सामान इलाम प्रहरीले बिभिन्न स्थानकाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले भारतबाट भन्सार छलेर इलाम ल्याउदै गरेको मदिरा बरामद गरेको हो ।
इलाम नगरपालिका ७ जिरोमा प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिईएको टोलिले सूर्योदय नगरपालिका २ का पुर्ण कुमार तामाङले पशुपतिनगरबाट इलाम लैजादै गरेको मे १ ज २१७६ नंम्बरको मारुती भेन र १३२ बोतल भारतीय सिक्केमे रम बरामद गरेको छ । प्रहरीले भेन चालक तामाङ सहित उक्त मदिरा र गाडी कर दाता सेवा कार्यालय इलाममा बुझाएएको छ ।
त्यसै सूर्योदय नगरपालिका १० नयाँचोक स्थित कल्पना तामाङले संचालन गरेको जिम्बा होटल, डम्बर प्रधानले संचालन गरेको एभरेष्ट होटल र पदम प्रधानको होटलबाट लुकाई छिपीइ राखेको सिक्किमे मक्स प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा खटीएको प्रहरीले उक्त होटलहरुमा खानतलासी गर्दा जिम्बा होटलबाट १४१ बोतल, एभरेष्ट होटलबाट ४८ बोतल र प्रधानको होटलबाट ४८ बोतल गरी जम्मा २३७ बोतल भारतीय सिमिमे मक्स बरामत गरी कर दाता सेवा कार्यालय इलाममा इलाममा बुझाईएको छ ।
त्यसै गरी इलाका प्रहरी कार्यालय पशुपतिनगर बाट खटिएको प्रहरी निरीक्षक रमेश राईकै टोलीले सोमबार बिहान सूर्योदय नगरपालिका २ मानेभन्ञ्याङ रोड छेउ जंगलमा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउदै गरेको एक लाख ३६ हजार ४ सय ८० रुपैंया बराबरको ३० कार्टुन भारतीय रेडबुल र ५ कार्टुन भाडा माझ्ने साबुन बरामद भन्सार कार्यालय पशुपतिनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी(प्रहरी नायव उपरीक्षक) लालध्वज सुवेदीले जानकारी दिनु भएको छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा अवैध कारोबार मौलाउदै गएको छ ।

Leave a Reply

Your email address will not be published.