माईजोगमाईको नयाँबजारमा आलु भण्डारको उद्धघाटन

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ बिजनेस


माईजोगमाई: माईजोगमाई गाउँपालिका वडा न १ मा रहेको कालिका कृषि सहकारी संस्थाको आलु भण्डारण (रष्ट्रिक स्टोर) को एक कार्यक्रमका बिच उदघाटन भएको छ । कृषि अनुसन्धान केन्द्र जौबारीको २० लाख रुपैया लागतमा आलु भण्डार निर्माण भएको हो । आज एक कार्यक्रमबाट बिच गाउँपालिका अध्यक्ष जीतबहादुर राईले रष्ट्रीक स्टोरको उद्धघाटन गरेका हुन् ।

कार्यक्रममा आलु अनुसन्धान केन्द्रका प्रमुख गणेश खत्री र वडा नं १ का वडाध्यक्ष यामबहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो । रष्ट्रिक स्टोरमा १ सय टनसम्म आलु भण्डारण गर्न सकिने गाउँपालिका अध्यक्षका स्वकीय सचिव सन्जिव थार्मीले जानकारी दिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले आलुमा आत्मनिर्भर हुन जौवारी कृषि अनुसन्धान केन्द्रसंग समवन्य गरी अघि बढिरहेको बताए ।

उनले सहकारीताको माध्यमबाट कृषि क्षेत्रमा लगानी बढाउँदै सहकारीलाई विशेष अनुदानको व्यवस्था गर्न गाउँपालिका तयार रहेको बताए । चिसो हावापानी, घमाइलो, मलिलो माटो भएकाले पनि माईजोगमाई गाउँपालिकालाई आलु खेतीका लागि राम्रो ठाउँ मानिएको छ । आलु अनुसन्धान केन्द्र पुर्नस्थापना भएपछि हाल गाउँपालिका क्षेत्रका धेरै जसो किसान आलु खेतीमा आकर्षित भएका छन् ।

Leave a Reply

Your email address will not be published.