सरकारले जस्तै भत्ता बाँड्दै सहारा नेपाल

जीवन शैली बिजनेस


विर्तामोड: नेपाल सरकारले एकल महिला, अशक्त र ज्येष्ठ नागरिकलाई जसरी सामाजिक सुरक्षा भत्ता दिने गरेको छ, सहारा नेपालले पनि त्यसरी नै भत्ता बाँड्दै आएको छ ।

सहारा बचत तथा ऋण सहकारी संस्थाले अहिले दसैं आउन लागेको अवस्थामा एकल महिला, एकल पुरुष, शारीरिक अशक्त र ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई धमाधम भत्ता वितरण गर्दै आएको छ ।

सहारा नेपालको अनुगमन अधिकृत घनश्याम रायाले यस वर्ष झापा र मोरङ जिल्लाका ६९५ जनालाई ५३ लाख ७६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण बाँडिएको बताए ।

रायाका अनुसार वार्षिक रुपमा एकल महिलाले आठ हजार, एकल पुरुषले छ हजार, शारीरिक अशक्तले १० हजार, ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकले छ हजार, ७० वर्ष नाघेकाले आठ हजार र ८१ वर्ष नाघेकाले १० हजार रुपैयाँका दरले भत्ता पाउने गरेका छन् ।

भत्ता घरमै लगेर वितरण गरिदै आउको र यो वर्ष सबैभन्दा बढी ५१० जना एकल महिलालाई ४० लाख ८० हजार रुपैयाँ वितरण गरिएको छ ।

सहारा नेपालका एक लाखभन्दा बढी सदस्य रहेका छन् । यो सहकारीले आफ्ना सदस्यको स्वास्थ्य सुरक्षाका लागि जीवन बरदान नामक बिमा जस्तै कार्यक्रम सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत सदस्य बनेकाहरुको क्यान्सर, मिर्गौला, मुटु लगायतका जुनसुकै घातक रोगको उपचारमा सहाराले सहयोग गर्दै आएको छ । लोकतन्त्र पोष्टबाट

Leave a Reply

Your email address will not be published.