सूर्योदयका पशुपालक किसानलाई ७० क्वीन्टल जै घासको बीउँ वितरण

  • 97
    Shares
सूर्योदयका पशुपालक किसानलाई ७० क्वीन्टल जै घासको बीउँ वितरण


‘कृषकसंग समृद्धि अभियान’


फिक्कल: सूर्योदय नगरपालिकाले नगर भित्रका पशुपालक ६० भन्दा बढी कृषकलाई पहिलो चरणमा ७० क्वीन्टल जै घासको बीउँ वितरण गरेको छ ।
‘कृषकसंग समृद्धि अभियान’ अन्तर्गत नगर भित्र ब्यवसायीक रुपमा पशुपालन गर्ने किसानलाई पहिलो चरणमा ७० क्वीन्टल जै घासको बीउँ वितरण गरिएको छ ।
पशुपालक किसानहरुको उत्पादन लागत घटाउदै पशुपालन कार्यलाई व्यवसाीक बनाउदै युवा पुस्ताहरुलाई कृषि पेशामा आर्कषित र गाउँ गाउँमा रोजगारी सृजना गर्न नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर घासको बीउँ वितरण गरिएको नगर प्रमुख रण बहादुर राईले एबीसी नेपालीलाई जानकारी दिनु भयो ।
विगतका वर्षहरुदेखि नै कृषि क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्दै आएको समेत उहाले जानकारी दिनु भयो । नगर प्रमुख राईले भन्नु भर्यो दुध उत्पादन बढाएर कृषिमा नगरलाई आत्म निर्भर बनाउने हाम्रो लक्ष्य हो ’।
नगरपालिकाले दुध उत्पादन बढाएर पाउडर प्लान्ट संचालन गर्ने योजना बनाएको छ ।