कन्याममा चिया परिक्षण तथा प्रवद्र्धन केन्द्रको मुख्यमन्त्री राईद्धारा शिलान्यास

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस


अन्तराष्ट्रिय बजारमा चियाको मार्केट प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा


प्रेम अधिकारी, फिक्कल:
चियाको राजधानीको रुपमा परिचित इलामको सूर्योदय नगरपालिकाको कन्याममा चिया परिक्षण तथा प्रवद्र्धन केन्द्रको शिलान्यास गरिएको छ ।
सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम्बर प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा कन्याममा चिया परिक्षण तथा प्रवद्र्धन केन्द्रको शिलान्यास गरिएको हो ।
२३ करोड रुपैयाँको लगानीमा निर्माण गरिने केन्द्रका लागि प्रदेश १ सरकारले ८० र सूर्योदय नगरपालिकाले २० प्रतिशत लगानी गर्ने छ । केन्द्रको आज एक कार्यक्रमका बिच प्रदेश १ का मुख्यमन्त्री शेरधनराईले शिलान्यास गर्नु भयो ।
शिलान्यस पछि सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राईले नेपालमै पहिलो चिया परिक्षण तथा प्रवद्र्धन केन्द्र स्थापनाले नेपाली चियाको अन्तराष्ट्रिय स्तरमा बजार प्रवद्र्धन र निकासीमा सहयोग पुग्ने बताउनु भयो ।
मुख्यमन्त्री राईले दुई बर्ष अगावै भनव निर्माण कार्य सम्पन्न हुने बताउदै देशमै पहिलो पटक चिया परिक्षण तथा प्रवद्र्धन केन्द्रको स्थापनाले सूर्योदय नगरपालिका र यलामका चिया संग सरोकार राख्ने सबैलाई उत्साही बनाएको बताउनु भयो । उहाले भन्नु भयो ‘अव नेपाल भर उत्पादन भएको चिया यहाँ ल्याएर गुणस्तर र स्वादको मापन गरिने छ ।’ उहाले तीन लेयरका सरकारले बिकास निर्माणका काममा उत्तीकै ध्यान दिई राखेकाले बिकास भएन भनेर चिन्ता गर्नु नपर्ने बताउनु भयो । मुख्यमन्त्री राईले नेपालको चिया बिश्वमा पतिष्पर्धा गर्न सक्ने भए पनि परिक्षणको अभाव रहेकाले ओझेल परेको बताउनु भयो । उहाले केन्द्को स्थापना पश्चात निकासी र प्रवद्र्धनमा सहज हुने बताउनु भयो ।
उक्त कार्यक्रममा प्रदेश १ का भूमी ब्यवस्था तथा कृष सहकारी राज्यमन्त्री राम रानाले स्थानीय स्तरका चिया बगानको संरक्षण गरेर गुणस्तरीय चिया बिश्व बजारमा पठाउन केन्द्रले सहयोग पुग्ने बताउनु भयो । उहाले १५७ बर्ष लामो चियाको इतिहास कायम गर्दै चियाको बिश्व बजारमा निकासी र प्रवद्र्धका लागि तीन तहका सरकार एक साथ लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले चियाको राजधानीको रुपमा रहेको नगरलाई समृद्ध बनाउन केन्द्रले सहयोग पुग्ने बताउनु भयो । उहाले तीन तहका सरकार बिच समन्वय गरेर चिया क्षेत्रका समस्या समाधान गरिने उल्लेख गर्नु भयो ।
चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु प्रसाद भट्टराईले चिया परिक्षण केन्द्रको स्थापनाले अन्तराष्ट्रिय बजारमा चियाको मार्केट प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो । उहाले अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न नेपाली चिया योग्य रहेको बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापती दुर्गा बरालले किसानलाई केन्द्र बिन्दुमा राखेर चिया क्षेत्रका काम गर्नु पर्ने बताउनु भयो ।
सूर्योदय नगरपालिकाकी उप प्रमुख दुर्गादेबी भट्टराईले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा संबिधानसभा सदस्य सूर्यवाला राएै, प्रदेश सांषद काजीमान कागते , माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राई , जिल्ला समन्वय समितिकी उप प्रमुख चित्रकला बराईली , प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई लगायतले शुभकामना दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published.