कोरोना माहामारीले संचार क्षेत्र धरापमा

  • 27
    Shares
कोरोना माहामारीले संचार क्षेत्र धरापमा


इलाममा अन्तरक्रिया


इलाम : जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश प्रसाद बरालले कोरोना माहामारीले देशकै अर्थतन्त्रमा ठुलो असर पारेकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । कोरोना भाइरसले संचार क्षेत्रमा परेको असर र समाधान बिषयक एक अन्तरक्रिया बोल्दै प्रमुख बरालले संचार क्षेत्रसँगै निजी विद्यालय, होटल व्यवसाय, होटल व्यवसाय, शिक्षकहरु, यातायात व्यवसायीहरुको अवस्था गम्भिर भएकाले राज्यसँगै निजी क्षेत्र एक भएर कोरोना बिरुद्ध लाग्नुपर्ने बरालले बताए । संचार क्षेत्रमा पनि कोरोनाको असरले थलिएको अवस्था रहेकाले स्थानीय तहसँग समन्वय गरि मिडियाहरुको संरक्षणमा लाग्नका लागि पहल गर्ने प्रमुख बरालले बताए ।
प्रेश युनियन इलामका शाखाले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जबेगुले कोरोनाको असरले निजी क्षेत्रको व्यापार व्यवसायमा कमी आएसँगै विज्ञापन कम आउने भएकाले संचार क्षेत्र संकटमा परेको बताए । कोरोनाको संक्रमण पत्रकारहरुमा पनि देखिएको र कतिपय पत्रकारले ज्यान समेत गुमाएकाले संचार क्षेत्रको अवस्था गम्भिर भएको उनले बताए । फ्रन्ट लाइनमा खटेर नागरिकका गुनासा सरकारसम्म पु¥याउने पत्रकारहरु कोरोनाको असरबाट थलिएको अवस्थाबाट बचाउन राज्यले सहयोग गर्नुपर्ने उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पत्रकार महासंघ प्रदेश एक समितिका उपाध्यक्ष सोमनाथ सुसेलीले प्रदेश कमिटीले प्रदेश भित्रका संचार समस्याका समाधान गर्न संचार प्रतिष्ठान बनाउन प्रदेश सरकारलाई अनुरोध गरिए अनुसार प्रतिष्ठान स्थापना भएको बताए ।
प्रतिष्ठान स्थापना भएपछि प्रदेशको संचार निती बनाउन प्रदेश समितिका पधादिकारी र संचारकर्मीहरुसँग समन्वय गरिरहेको सुसेलीले बताए । प्रदेश एकका मिडियाहरु स्थायित्वका लागि छलफल शुरु भएको छ सुसेलीले भने–‘कोरोनाको माहामारीकै बिच रेडियो र अनलाइनलाई प्रदेश सरकारको सहयोगमा संचार सामाग्री प्रकाशनका लागि सहयोग गरिहेको छ ।’ गैरसरकारी संस्थाको प्रदेश एकका अध्यक्ष प्रकास अधिकारीले स्थानीय तहमा लभिङ गर्नुपर्ने, त्यसका लागि पत्रकार महासघ एक हुनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ इलामकी अध्यक्ष कोकीला ढकालले स्थानीय तहका जनप्रनिधिहरुले स्थानीय मिडियालाई अपनत्वको रुपमा नलिएको गुनासो गरिन् ।
कार्यक्रममा प्रेश संगठन नेपालका अध्यक्ष सुजन तिमसिनाले कोरोनाको असर र संभावनाका कुरा केलाएर पत्रकार महासंघको नेतृत्वमा सबै स्थानीय तहमा पुग्नुपर्ने बताए । उनले महासंघको नेतृत्वमा स्थानीय तहमा संचार निती निर्माणका बारेमा पनि स्थानीय तहमा छलफल हुनुपर्ने बताए ।
इलाम एफ एमका स्टेशन म्यानेजर रमेश पराजुलीले कोविडले आक्रान्त बनाएको अवस्थामा मिडियाहरुको ताला लाग्ने अवस्थामा पुगेको बताए । पराजुलीले भने–‘अबको अवस्थामा कसरी रेडियो चलाउने र के गर्ने होला भन्ने होला चिन्ता थपिएको छ । आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष राम योङहाङले संचार क्षेत्रका समस्या समाधानका उपायाहरु खोज्नुपर्ने बताए । अरुका काहानी लेख्ने मान्छे पत्रकारहरु आफ्ना काहानीहरु कसरी भन्दा र सुन्दा त्रासदीपुर्ण जस्तो लाग्छ योङहाङले भने–‘ वातावरण गम्भिर भएको त्यसमा पनि स्थानीय स्तरमा अनलाइन मिडिया चलाउने समस्या झनै छ ।’
संचारको सबै खर्च विज्ञापनबाट धान्नुपर्ने अवस्थामा प्रायजोत कार्यक्रमरु बन्द भएको अवस्थमा रेडियोसँगै पत्रपत्रीकाहरु पनि संकटको अवस्थमा पुगेको पत्रकार किरण पौडेलले बताए । पौडेलले भने–‘ कोबिडको समस्याले पेशाबाट विस्थापित हुनुपर्ने अवस्था आएको र मिडियाले नियमित तलब दिनसक्ने अवस्था छैन । चियाबारी एफएमका पत्रकार बिक्रिम सुन्दासले ७५ प्रतिशतले विज्ञापन कटौती भएकाले रेडियोहरु संकटमा परेको बताए । सुन्दासले भने–रेडियोमा समस्या बढी रहेको र अस्वस्थ प्रतिस्पर्धाले विज्ञापनको पैशा आफ्नो रेट अनुसारको दाम पाउन सकिएको छैन ।
रेडियो बुद्धबाणिका गोविन्द पौडेलले यथार्थ कुरा लेख्दा राज्यका निकायलाई चित्त नबुझ्ने र सरकारी निकायबाट लोककल्याणकारी विज्ञापनहरु पनि नदिने गरेकाले संचार क्षेत्र अस्तव्यस्त भएको बताए । कार्यक्रममा प्रेश युनियका पूर्व अध्यक्ष तोयानाथ भट्टराई, महिला पत्रकार सुजता सुनुवार, सुनिता राई लगायतले संचार क्षेत्रको समस्या समाधानका लागि एक भएर अगाडि बढ्नुपर्ने बताए । बिप्लब भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा प्रेश युनियनकी उपाध्यक्ष सविता पाण्डेले कार्यक्रमको औचित्यका बारेमा प्रष्ट पारेकी थिइन् भने सचिव टिका खतिवडाले कार्यक्रम संचालन गरेका थिए ।