सिद्धिखोलाबाट ६ दशमलब ५ मेघावाट बिजुली निकालिने

  • 53
    Shares
सिद्धिखोलाबाट ६ दशमलब ५ मेघावाट बिजुली  निकालिने
गोबिन्द पौडेल:  इलामको सिद्धिखोलाबाट सिद्धिखोलाबाट ६.५ मेघावाट बिजुली निकालिने भएको छ । रोङ गाउँपालिकामा र सुयोदय नगरपालिकाको सिमाना बनाएर बगेको उक्त खोलामा सिद्धि हाइड्रो प्रा लि आगामी २०७८ साउन सम्ममा काम सम्पन्न गर्ने गरि काम थालेको हो ।
रोङ ६ र सुयोदय नगरपालिका वडा नं ५ को खरबनी नजिकैको स्थानमा हेड ट्याङ्क निमार्ण गरि ३ हजार ६ सय मिटर तल सुनपा ५ को सुङतुङ्ग र रोङ ६ को रामभेडे सम्म पाइप लाइन बिस्तार गरि रामभेडेमा पावर हाउस निमार्ण पछि दुइवटा पेल्टन टरवाइन राखेर बिजुली निकाल्नको लागि करिव १ सय २० करोड लगानी लाग्ने अनुमान रहेको सिद्धि हाइडो प्रा लि का इन्जिनियर दिवस भट्टराइले बताए ।
यस अघि लुम्विनि हाइड्रोले १० दशमल २ मेघावट बिजुलि निकाल्ने तैयारी गरेको भएपनि खोलामा पानीको मात्रा मक भएकोले त्यतीको संख्यामा निकाल्न नसकिने पुर्नः मुल्याङ्कन गरिएको थियो ।
योजना संचालनको लागि रोङ ६ को र रम्भ्याङ्गबाट हेड ट्याङ्क र पावर हाउस सम्मको पहुच मार्ग करिव निमार्ण भइसकेको छ भने कार्यलय संचालनको लागि भवन समेत निमार्ण गरिसकिएको इनिजनियर भट्टराइको भनाइ रहेको छ । यहाबाट उत्पादित बिजुली फिक्कलमा रहेको टान्समियन लाइन सम्म लगेर केन्द्रिय प्रसारण लाइनमा जोडिने छ ।