इलाममा शिल गरिएको पानीको जार भित्र किरा भेटीयो

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा


इलाम: इलामबाट उत्पादित एक खानेपानीको जारमा फोहोर भेटिएको छ । सिल नखोलिएको पानीको जार भित्र किरा र अन्य फोहोर जस्तो वस्तु फेला परेको हो । इलाम चोक बजारमा रहेको एभ्रेष्ट काष्ट नामक कम्पनीमा ल्याइएको पानीमा सो बस्तु फेला परेको एभ्रेष्ट काष्ट कम्पनीका सञ्चालक जिवन न्यौपाने बताउनु भयो । उहाँका अनुसार केही दिन अगाडी आफ्नो कार्यालयमा पानी ल्याएको र खानलाई खोल्दा अखाद्य बस्तु जार भित्र फेला परेको हो ।
पानीमा सो बस्तु फेला परेपछि पानी उत्पादक कम्पनी र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइएको एभ्रेष्ट काष्टका चेतन खतिवडाले बताउनुभयो ।
पानीको जारमा फोहोर भएको बारे कम्पनीका सञ्चालक लिला खड्गीले गल्ति भएको बताउनु भयो । उहाँले गल्ति भएछ अब यस्तो नहुने बताउनु भयो । यसअघि समेत सोहि कम्पनीले उत्पादन गरेको पानीमा अखाद्य बस्तु फेला परेको थियो ।
इलाममा यो मात्र एक पानी उत्पादक कम्पनी हो । अधिकांस क्षेत्रमा यहिँबाट पिउने पानी जाने गरेको छ । तर अखाद्य वस्तु फेला परेपछि स्थानिय सचेत हुन आवश्यक छ । यस विषयमा इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले अनुगमन सहित छानमिन गरिने बताउनु भयो ।
पानी उत्पादक कम्पनीको कमजोरीले स्थानीयको स्वास्थ्यमा समस्या हुने भएपछि जिल्लाबासीले गुणस्तरबारे थाहा पाउने गरि स्टीकर लगाउन समेत कम्पनी समक्ष माग गरेका छन् । पानीको जार बाहिर कति लिटर छ र उत्पादक कम्पनीको बारे जानकारी समेत छैन । यसले गर्दा समेत फिल्टर नगरी पानी बजारमा ल्याएको भन्ने आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published.