नमुना शान्ति समाजको बार्षिक उत्सवका अवसरमा सूर्योदयका १४ वटै वडामा न्यानो कपडा बितरण

  • 779
    Shares
नमुना शान्ति समाजको बार्षिक उत्सवका अवसरमा सूर्योदयका १४ वटै वडामा न्यानो कपडा बितरण


फिक्क्ल: इलामको सूर्योदय नगरपालिकाका वडा नम्बर ९ र १० मा रहेको नमुना शान्ति समाजको बार्षिक उत्सवका अवसरमा सूर्योदयन गरपालिकाका १४ वटै वडाका बिपन्न , असाहय तथा दलित समुदायलाई न्यानो कपडा बितरण गरिएको छ ।
श्री कृष्ण प्रणामी युवा परिषद प्रदेश १ को सहयोगमा ४० थान र लायन्स क्लब बिराटनगरको सहयोगमा १५ थान ब्ल्याङकेट नगरका १४ वडामा बितरण गरिएको हो । नमुना शान्ति समाजका अध्यक्ष शेखर भट्टराईको अध्यक्षता तथा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यततामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगर उप प्रमुख दुर्गादेबी भट्टराई, वडा नम्बर १० का अध्यक्ष पेमा उगेन लामा , वडानम्बर ९ का अध्यक्ष देवेन्द्र शर्मा , श्री कृष्ण प्रणामी युवा परिषद प्रदेश १ का अध्यक्ष अनिल ढुंगाना , लाइन्स क्लब बिराटनगरका निबर्तमान अध्यक्ष मोहन सुवेदी लगायतको सहभागीता रहेको थियो ।
नगर प्रमुख राई , उप प्रमुख भट्टराईले न्यानो कपडा बितरण गर्नु भएको थियो । कपडा बितरण गर्दै नगर प्रमुख राईले समाजले गरेको कामको प्रशंसा गर्नु भयो । उहाले समाजले गरेका सामाजिक कार्यमा नगरको सधै साथ रहने प्रतिबद्धता जनाउनु भयो ।
प्रणामी युवा परिषदले बिभिन्न जिल्लामा सामाजिक काम गर्दै आएको श्री कृष्ण प्रणामी युवा परिषद प्रदेश १ का महासचिव तथा सूर्योदयन गरपालिका वडा नम्बर १० तल्लो फिक्कल टोल बिकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिनु भयो । समाजक सचिव नविन खत्रीले समाजले सांगीतिक , सांस्कृतिक कार्यक्रम सहितका काम गर्दै आएको जानकारी दिनु भयो ।