इलामका पत्रकार खतिवडाको उपचारका लागि हालसम्म १ लाख ३३ हजार संकलन

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

गणेश घिमिरे: मोटरसाइल दुर्घटनामा परी गम्भिर घाईते भएका इलामका पत्रकार टीका खतिवडाको उपचारको निम्ति आर्थिक सहयेग जुट्ने क्रम जारी रहेको छ । गत बिहीबार मे ९ प ७१३ नम्बरको आफ्नै मोटरसाइकल इलाम सदरमुकामकै नारायणस्थान–पीपलवोटे सडक खण्डमा अनियन्त्रित भई खतिवडा घाइते भएका थिए । उनको हाल झापाको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेर खतिवडाको कम्मरको माथिल्लो भागको भित्री अङ्ग फियोमा गम्भीर समस्या रहेको डाक्टरले बताएका छन् । उनको शल्यक्रिया समेत भइसकेको छ । अस्पतालले शल्यक्रिया सहितको उपचारमा धेरै रकम लाग्ने बताएपछि उनको उपचारार्थ आर्थिक सङ्कलन तिब्र रुपमा भइरहेको छ ।
नेपाल प्रेस यूनियन इलाम शाखाका सचिब समेत रहेका खतिवडाको उपचारमा आर्थिक सहयोग जुटाउन यूनियन इलाम शाखा सहित नेपाल पत्रकार महासंघ इलाम शाखा तथा ब्यक्तिगत रुपमा पत्रकारहरु सोमनाथ सुसेली, राम योङहाङ, सुजन तिम्सिना सहितले सक्रिय भूमिका निभाएका छन् । पत्रकार खतिवडाको उपचारको लागि खर्च जुटाउन सिद्धार्थ बैङ्क इलामको खाता नं.०३४१५२२१७५१ मा खतिवडाको श्रीमती अप्सरा सुवेदी खतिवडाको नाममा सङ्कलन गरिदिन अनुरोध गरिएको छ ।
खतिवडा राष्ट्रिय समाचार समिति, माउन्टेन टेलिभिजन, कारोबार दैनिकलगायत सन्चारमाध्यममा कार्यरत छन् । खतिवडाको उपचारको निम्ति हालसम्म १ लाख ३३ हजार एकसय ९ रुपैंयाँ संकलन भइसकेको छ भने सहयोग आउने क्रम भने जारी रहेको छ ।

हालसम्म प्राप्त भएको आर्थिक सहयोग:

१ राम योङहाङ ५०००
२ रमेश पराजुली २०००
३ सुमन लावती १०००
४ गेविन्द पौडेल २०००
५ बिनय तिम्सिना २०००
६ सुनीता खालिङ राई ३०००
७ नेपाल पत्रकार महासंघ इलामको राहात कोषबाट १०, ०००
८ तेयानाथ भटटराई २०००
९ राजेश पराजुली ३०००
१० इम मावोहाङ १०००
११ कोकिला ढकाल २०००
१२ सरीता राई २०००
१३ भ्गिरथ भण्डारी २०००
१४ सुजन तिम्सिना ५०००
१५ सुजता सुनुवार १०००
१६ पशुपति भटटराई १५००
१७ भिम भटटराई ११००
१८ सोम सुसेली ५०००
१९ कमल न्यौपाने –थाइल्याण्ड) १०, ०००
२० ह्रि गुरुङ २०००
२१ किरण पौडेल १५००
२२ बिनु खड्का २०००
२३ गणेश घिमिरे १०००
२४ गोपाल निरौला १०००
२५ सृजना श्रेष्ठ १०००
२६ सबिता पाण्डे १०००
२७ दिनेश महत ५०००
२८ सरिता राई माङसेबुङ १०००
२९ मनोज अधिकारी २००९
३० प्रेम अधिकारी ५०००
३१ सटेन्द्र जवेगु १०००
३२ नेपाल फोटो पत्रकार महासंघ ५०००
३३ बुद्धबीर राई ५०००
३४ दिपक गौतम १५०००
३५ टंक गजुरेल १००००
३६ रमेश अधिकारी १००००
३७ एपोलो अस्पताल एण्ड ट्रमा सेन्टर ५०००
जम्मा १,३३,१०९

Leave a Reply

Your email address will not be published.