सूर्योदय नगरपालिकाको बरबोटे मानेडाँडा सडकको अनुगमन, गुणस्तीय काम गराउन स्थानीयको सक्रियता

  • 73
    Shares
सूर्योदय नगरपालिकाको बरबोटे मानेडाँडा सडकको अनुगमन, गुणस्तीय काम गराउन स्थानीयको सक्रियता

फिक्कल: सूर्योदय नगरपालिका वडा नम्बर ९ को बरबोटे मानेडाँडा सडकको कालोपत्रे गर्ने कामको अनुगमन गरिएको छ ।


आईतबार नगर उप प्रमुख दुर्गादेबी भट्टराईको नेतृत्वमा गएको टोलीले मानेडाँडा हुँदै वडा नम्बर ३ भएर वडा नम्बर १ जोडने लक्ष्यका साथ कालोपत्रे गर्ने कामको अनुगमन गरिएको हो । आर्थिक बर्ष २०७६÷७७ मा ८५ लाखमा १ किलोमिटर सडक कालोपत्रे गर्ने कामका लागि सम्झौता भएको थियो । सोईना कन्टक्सनले ठेक्का सम्झौता गरी कालोपत्रेका लागि काम गरिरहेको उक्त सडकको काम गुणस्तरीय हुँनु पर्ने भन्दै स्थानीय समेत सक्रिय भएका छन ।


हाल सडकको ग्राभेल सकेर कालोपत्रे गर्ने तयारी भैरहेको छ । साढे ५ मिटर चौडाई भएको सडकमा १५ सेन्टीमिटर थिकनेश ग्राभेल गरिएको छ । अनुगमनका क्रममा कतिपय स्थानमा थिकनेश कम भएको पाईएको नगरपालिकाका इन्जिनियर दिपेश आचार्यले जानकारी दिनु भयो ।
अनुगमका क्रममा स्थानीयले सडकका कतिपय स्थानमा कमसल काम भएको अनुगमन टोलीलाई जानकारी गराएका थिए । उप प्रमुख भट्टराईले निर्माणको जिम्मा लिएको कम्पनीलाई गुणस्तरीय काम गर्न आग्रह गरिने बताउनु भयो । अनुगनमन टोलीमा वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र शर्मा, वडा नम्बर ३ का वडाध्यक्ष होम कार्की , प्राविधक लगायतको सहभागीता रहेको थियो ।
वडाध्यक्ष कार्कीले उक्त सडकलाई वडा नम्बर ३ हुँदै वडा नम्बर १ सम्म जोड्न सम्म जोड्न थप ३ किलो मिटर सडक ग्राभेल गर्ने योजना रहेको जानकारी दिनु भयो । उक्त १ किलो मिटर सडकको नाली यस अघि नै निर्माण गरिएको थियो ।


उक्त सडकको गुणस्तरीय कालो पत्रे गर्नका लागि वडा कार्यालयको संयोजनमा स्थानीयको एक अनुगमन समिति समेत बनाईएको छ । समितिले नगरका प्राविधिकको सहकार्यमा दैनिक कामको अनुगमन गरिने वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र शर्माले जानकारी दिनु भयो ।
उक्त टोलीले सूर्योदय नगरपालिका वडा नम्बर १० को आले आरुबोटे सडकको समेत अनुगमन गरेको छ । लामो समय देखि मामाभञ्जा कन्टक्सन कम्पनीले काम गरिरहेको उक्त सडकको ग्राभेल गर्ने काम लगभग सम्पन्न भएको छ । उक्त सडक गुणस्तीय नभएको भन्दै नगरले पटक पटक गुणस्तरीय काम गर्न भन्दै आएको थियो । नाली निर्माण र ग्राभेलका लागि उक्त उक्त कम्पनीले १ बर्ष अघि देखि काम गर्दै आएको छ । नगरले वडा १४ वटै वडा कार्यालय सम्म बाह्ै महिना सवारी संचालन गर्ने गरी बाह्मासे सडक निर्माणको काम गरिरहेको छ ।