इलामको सूर्योदय नगरपालिका र साना सिंचाई बिच दोस्रो चरणको कार्यक्रम संचालनका लागि समझदारी

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

फिक्क्ल: इलामको सूर्योदय नगरपालिका र कार्यक्रम व्यवस्यापन तथा कार्यान्वयन सहयोग परामर्शदाता ( PMISC ) बीच साना सिचाई कार्यक्रम(दोस्रो चरणको कार्यान्यवनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार नगरका प्रतिनिधि र आयोजनाका प्रतिनिधि बिच चालु आर्थिक बर्षका लागि थप पाँचवटा सिंचाई आयोजनाका काम गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
पहिलो चरणको तीनवटा कार्यक्रमहरु टाङटिङ खोला , पिपलडाडा सिचाई योजना , साउने सिचाई योजना र कन्याम फाजीगाँउ सिंचाई आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यी काम अन्तिम चरणमा पुग्दै गर्दा नयाँ पाँचबाट आयोजनाका लागि सम्झौता भएको नगरपालिकाले जानकारी दिएको छ ।
दोस्रो चरणमा नगर क्षेत्रमा थप पाँच वटा आयोजनाको काम हुने छ । कट्याङ खोला सिचाई योजना,अम्वीटार सिरुवानी सिचाई योजना,दशगते फेदी सिचाई योजना,माघेटार सिचाई योजना र रामेखोला मेलबोटे सिचाई योजना संचालनका लागि नगर संग सम्झौता पत्रमा हस्ताक्षर भएको आयोजनाका कलष्टर संयोजक केशब लामाले जानकारी दिनु भये ।
उक्त कार्यक्रम संचालनका लागि स्वीस सरकारबाट ३० प्रतिशत, सघीय सरकारबाट २० प्रतिशत, प्रदेश सरकारबाट २० प्रतिशत, स्थानीय सरकारबाट २० प्रतिशत र उपभोक्ताबाट १० प्रतिशत लागत साझेदारी रहने छ ।
नगर प्रमुख रण बहादुर राईले आयोजनाको काम सम्पन्न भई संचालनमा आएपछि कृषकहरुको कृषि आय, उत्पादकत्वमा वृद्धि गर्दै दिगो कृषि विकासमा महत्वपूर्ण भूमिका खेल्ने जानरी दिनु भयो । नगर क्षेत्रमा ४८ वटा आयोजनाको सर्भे भैसकेको संयोजक लामाले जानकारी दिनु भयो । प्राथमिक्ता हेरी नगरले अन्य कार्यक्रम समेत थप गर्न सक्ने जनाईएको छ । समझदारी साढे ४ बर्षका लागि गरिएको छ ।

Leave a Reply

Your email address will not be published.