इलामको सूर्योदय नगरपालिकामा ‘गुनासो चौतारी’

इलामको सूर्योदय नगरपालिकामा ‘गुनासो चौतारी’

राज कुमार दहाल, फिक्कल : इलाम इलामको सूर्योदयनगरपालिकाले यस बर्ष पनि गुनासो चौतारी कार्यक्रम शुरु गरेको छ । सूर्योदयनगरपालिकाले बिगत ३ बर्ष देखि गर्दै  आएकोे गुनासो चौतारी कार्यक्रम आजवडा न ८ मासम्पन्न भएको  छ । 

वडा न ८ का अध्यक्ष सुभाष राईको अध्यक्षता नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय बासीले वडा तथा नगरका बिभिन्न सवालमा आफनो जिज्ञासा राखेका थिए । स्थानीय पदम गीरीले अकबरे खोर्सानी खेतिमा पछिल्लो समय निक्कै समस्या आएको बोट कुहिने लगायतका कारण किसान मारमा परेको भन्दै प्राविधिक सेवाको माग गर्नु भएको थियो साथै कोरोनाका बेला सकंलन गरीएको खाद्यन्न किन कुहिएर पुर्नु पर्ने अवस्था आयो भन्ने बारेमा प्रश्न राख्नु भएको थियो साथै उहाँले अनुदानमा दिएका सामाग्रीहरुको सहि प्रयोग भए नभएको बारे अनुगमन गर्नु पर्ने माग गर्नु भयो ।

अर्का स्थानीय राजेन्द्र तोलाङगेले नगरपालिकाले गरीरहेको धेरै सकरात्मक कार्य भएको भन्दै सकरातमक कार्यलाई जारी राख्न आग्रह गर्नु भयो । उहाँले हरेक टोलमा टोल सुधार समिति समक्ष स्थानीयबासीहरु बिभिन्न प्रश्न गर्ने गुनासो राख्ने तर यस्ता गुनासो सुन्ने चौतारीमा आउन भने आनाकानी गर्ने गरेको गुनासो गर्नु भयो । उहाँले भएका विकासका कार्यहरुलाई पार्दशी बनाउन आग्रह गर्दै सडक निमार्ण लगायतका काम बर्षायाम अगाडीनै गर्न सुझाव दिनु भयो । वडा न ८ को स्वास्थ्य केन्द्रका जग्गा दाता समेत रहेका उहाँले केन्द्रमा कर्मचारीलाई बस्ने टेबल कुर्सी समेतको ब्यवस्थापन हुन नसक्दा सेवा प्रभावाकारी हुन नसेकोमा नगर प्रमुखको ध्यानाकर्षण गराउनु भयो ।

 सिद्ध आधारभुत बिद्यालयका शिक्षक हरि प्रसाद ढुङगेलले आफनो बिद्यालयमा ६० जना बिद्यार्थी भएको भए पनि शिक्षक दर्वन्दी २ जनाको मात्रै भएकोले थप गर्न माग गर्नु भयो । स्थानीय तारा कुमार प्रधानले  स्थानीयबासीले २२ रोपनी जग्गा उपलब्ध गराएको र सो जग्गामा अन्र्तराष्ट्रीय क्रिकेट मैदान निमार्णमा यथासिघ्र कदम चाल्न नगरप्रमुख राईलाई आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा स्थानीय दिलिप श्रे्ष्ठले पेट्रोल पम्प छेउमा उपलब्ध जग्गामा बसपार्क बनाउन किन ढिलासुस्ती भयो भन्ने बारेमा प्रश्न राख्नु भएको थियो । चिया क्षेत्रमा सकृय ख्यामराज प्रधानले चिया क्षेत्रमा नगरले सकरात्म कार्य गरेको र चिया क्षेत्रमा भएका निर्णहरु यथासिघ्र कार्यन्वयनमा पहल गर्न आग्रह गर्नु भयो । आफनो वडामा मात्रै ९ हजार बोरा मलको माग भएको तर मुस्कीलले १२० बोरा पनि युरीया डिएपी पोटास लगायतका मल नपाएकोले मलखाद्य सहिसमयमा किसानलाई दिन सके मात्रै चिया लगायतका बाली उत्पादन राम्रो हुने भएकोले त्यसतर्फ सचेत बन्न अपिल गर्नुभयो ।

 कमल कठेतले वडा कार्यलयमा आउने बाटो निक्कै बिग्रेको र बजेट परफारक झन्जटीलो हुदा उपभोक्ता समितिमा बस्ननै गाउलेहरु मान्न छाडेकोले छिटो छरितो माध्यम अपनाउन आग्रह गर्नु भयो । अर्का स्थानीय भिम प्रसाद अधिकारीले नगरले ठुला सडकलाई मात्र प्राथामिक्ता दिदा साना सडकहरु अलपत्र परेकोमा नगरको ध्यानाकर्षण गराउनु भयो ।स्थानीय बेद नारायण प्रधानले जो पिडित छ उसको पहिचान सहि रुपमा गरेर मात्रै अनुदान लगायतका कुरा वितरण गर्न आग्रह गर्नु ययो । वडामा खेल मैदानको पनि आवश्यक्ता रहेको उहाँको भनाई छ ।

अर्का युवा ज्ञानेन्द्र राईले युवा स्वरोजगार कार्यक्रम ल्याउन तथा नगरमा हुने भर्ति नियुत्ती निष्पक्ष गर्न माग गर्नु भयो । यसरी स्थानीयले बिभिन्न सवालहरु एकपछि अर्को गर्दै उठाएपछि नगरप्रमुख राईले जवाफ दिदै नगरपालिकाल नहुद ५⁄६ करोड मात्रै बजेट आउने गरेकोमा अहिले बिभिन्न शीर्षक गरेर ३ सय करोड सम्म बजेट आएको प्रशगं उठाउदै सकेसम्म जनताका्े चाहाना स्थानीयको आवश्यक्ता लगायतलाई ध्यानमा राखेर बिकास निमार्णका कार्यलाई जारी राखेको प्रष्ट पार्नु भयो । कर लगायतबारे कार्यक्रममा कसैले प्रश्न  नगरेको प्रशगं उठाउदै उहाँले कर बैज्ञानिक रुपमा लिने कोशिष गरेको तर नगरबासीलाई कर बढेको जस्तो लागेमा कर समायोजन गर्न तयार रहेको बताउनु भयो । टोल सुधार सस्थालाई आगामी बर्ष देखि बार्षिक सस्थां सञ्चालन खर्च प्रदान गर्ने बताउनु भयो । नगरपालिकाको कोरोना राहतको लागि राखिएको चामल लगायत खाद्यन्न भविश्यमा पर्न सक्ने जोखिमलाई ख्याल गरेर राखेको र सघँको मापदण्डअनुसार सबैलाई बितरण गरेर बाकी  भविश्यको जोखिम टार्न राख्ने क्रममा केहि खाद्यन्न भण्डारण गर्दा  बिग्रिएको जानकारी गराउनु भयो  ।

नगरले राम्रा कामको मात्रै प्रचार  नभएर भएका कमजोरी समेतलाई सबैको सामु पर्दार्शी रुपमा डिस्पोज गरेको र बाकी रहेको खाद्यनन लिलामी प्रकृयामा गईसकेको जानकारी दिनु भयो ।  भाचिएको काठको पोल तुरुन्न नगरपालिकाले जुनसुकै स्रोत बाट वाट फेर्दै आएको तर पुरै काठको पोल बिस्थापीत गर्न भने केहि समय लाग्ने बताउनु भयो । शिक्षक दरबन्दी मिलानमा ध्यान दिने मेगा प्रोजेक्टको रुवपमा रहेको सिद्धी खोलामा सरोबर निमार्ण कार्य नगरको ड्रिम प्रोजेक्ट को रुपमा रहेको बताउनु भयो ।

युवा स्वरोजगारको लागि समुहमा कार्यक्रम प्रस्ताव लिएर आए नगरसगँ बजेट रहेको उृहाँको भनाई छ । पेट्रोल पम्प नजिकैको बसपार्कको सन्र्दभमा जग्गा अपुग भएकोले जग्गा थप गर्ने प्रक्रियामा रहेको मेयर राईको भनाई छ ।यस्तै नगर कृषि शाखा प्रमुख नारायण लम्साल र स्वास्थय शाखा प्रमुख डा. धनराज यादवले पनि सहभागीले उठाएका प्रश्नको जवाफ दिनु भएको थियो । वडा अध्यक्ष राईले नगरपालिकामा वडा न ८ मा अरु वडाको तुलनामा धेरै बजेट आएको जानकारी गराउदै विकास निमार्णका कार्यमा वडाबासी जनताको साथ र सहकार्यमा काम गरीरहेको बताउनु भयो । वडाबासीको चाहाना अनुसारनै सकेसम्म बढिभन्दा बढि काम गर्न वडा टिम लागिरहेको उहाँको भनाई छ ।