ओरीयन्सको कारोवारमा धक्का, झापाको दमकबाट ३ करोडको समान बरामद

  • 37
    Shares
ओरीयन्सको कारोवारमा धक्का, झापाको दमकबाट ३ करोडको समान बरामद

दमक: नेटवर्कीङ् व्यापारको ?पमा कारोवार गर्दै आएको ओरीयन्स कम्पनीका विभिन्न उत्पादन झापा प्रहरीले बरामद गरेको छ । तीन दिन अघि पक्राउ गरिएको ३ करोड रुपैयाँ बराबरको उक्त सामान आज दमक प्रहरीले ससार्वजनिक गरेको हो ।
सो मध्ये ८७ लाख २६ हजार ५ सय २० रुपैयाँको मात्र विल पाईएकाले राजश्व छलीको आशंकामा प्रहरीले बरामद गरेको जनाएको छ । झापाको दमक– ६ मा रहेको कम्पनीको गोदामनै प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौको बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रा.लि.बाट केहि परिमाणका बस्तु खरिद गरेको र अन्य बस्तु भन्सार तथा राजश्व छली गरि ल्याईएको आशंकामा प्रहरीले ती समान बरामद गरेका जनाएको छ ।
दमक ६ का जितेन्द्र शाहाले उक्त समान गोदाम गरि राखिएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन् । पक्राउ परेको व्यक्ति सहित समान थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईने प्रहरीले जनाएको छ ।