इलामको सूर्योदय नगरपालिकाको आठऔ नगरसभा

  • 30
    Shares
इलामको सूर्योदय नगरपालिकाको आठऔ नगरसभा

फिक्कल : पुर्वी पहाडको सवैभन्दा ठुलो नगरपालिका सूर्योदयको आठौ नगरसभा बुधबारबाट सुरु भएको छ । नगर कार्यपालिकाको हलमा सुरु भएको नगरसभाको पहिलो दिन २ वटा ऐनको संसोधनको लागि प्रस्तुत भएको छ । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतमा सुरु भएको नगरसभामा आधारभुत तथा माध्यमिक शिक्षा ऐन २०७६ को दोश्रो संसोधनको लागि प्रस्ताव राखिएको छ ।

त्यसैगरी विनियोजन ऐन २०७७ को संसोधनका लागि समेत प्रस्ताव राखिएको छ । सूर्योदयको आगामी नगरसभा कार्यक्रम माघ २० गते तय गरिएको नगर प्रमुखका स्वकिय सचिव दिपेश राईले जानकारी दिए । आगामी कार्यक्रममा प्रस्ततु भएको ऐनको संसोधन र अन्य संसोधन गर्नुपर्ने ऐन, नियमावली र कार्यविधिको बारेमा छलफल हुने जनाइएको छ ।