कन्याम फाजिगाँउ सिंचाइ योजनाको काम अन्तिम चरणमा

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस सूचना प्रविधि

फिक्कल: इलामको सूर्योदयन गरपालिका वडा नम्बर ६ मा निर्माण भैरहेको कन्याम फाजिगाँउ सिंचाइ योजनाको अनुगमन गरिएको छ ।
स्वीस सरकारको आर्थिक सहयोगमा संचालन भैरहेको साना सिंचाइ कार्यक्रम अन्तर्गतको सिंचाई आयोजनाको सूर्योदय नगरपालिकाका जनप्रतिनिधि, साना सिंचाईका प्रतिनिधि र स्थानीय उपभोक्ता समितिका प्रतिनिधिले मंगलबार अनुगमन गरेको हुन ।


स्थानीय माछा मारे खोलाको मुहानबाट पानी संकलन गरी स्थानीय किसानलाई सिंचाई सुविधा पु¥याउने लक्षका साथ निर्माण अन्तिम चरणमा पुगेको योजना अनुगमनमा सूर्योदय नगरपालिकाकी उप प्रमुख दुर्गादेबी भट्टराई, वडा नम्बर ३ का वडाध्यक्ष होम कार्की, वडा नम्बर १२ का वडाध्यक्ष टेकबहादुर राई, साना सिंचाई कार्यक्रमका कलष्टर संयोजक केशब लामा, कन्याम फाजिगाँउ सिंचाई जल उपभोक्ता संस्थाका अध्यक्ष रोशन पोखरेल लगायतको सहभागीता रहेको थियो । अनुगमनका क्रममा उप प्रमुख भट्टराईले योजनाको काम स्टोमेट अनुसार नै भएको बताउदै योजना सम्पन्न भए पछि स्थानीय किसानलाई ठूलो राहत मिल्ने बताउनु भयो ।
वडा नम्बर ३ का वडाध्यक्ष होम कार्कीले कुलो निर्माण भए पछि सिंचाई गर्ने आवश्यक प्राविधिक ज्ञान किसानलाई दिनु पर्ने आवश्यक्ता रहेको बताउनु भयो । साना सिंचाई कार्यक्रमका कलष्टर संयोजक लामाले जल उपयोग निती अनुसार सबै किसानले सिंचाई सुविधा पाउने जानकारी दिनु भयो ।


३० लाख बढी रुपैयाँको लागतमा निर्माणको अन्तिम चरणमा पुगेको योजना संचालनका लागि स्वीस सरकारको साना सिंचाइ कार्यक्रम अन्तर्गत ४० प्रतिशत, संघीय सरकारको ३० प्रतिशत, स्थानीय सरकार नगरपालिकाको २० प्रतिशत र स्थानीय उपभोक्ता जनसहभागिताबाट १० प्रतिशत खर्च हुने छ ।
१३१२ दशमलब २९ मिटर लम्बाई भएको कुलोबाट १४ दशमलब ६० हेक्टर क्षेत्रफका ४१ घरधुरीले सिंचाई सुविधा पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.