सुनगाभा बचतको अध्यक्षमा पौड्याल

घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस


इलाम: सुनगाभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड इलाको १८ औ बार्षिक साधारणसभा र ८ औं अधिवेशनवाट गोपाल पौड्यालको अध्यक्षतामा संचालक समिति गठन भएको छ । समितिमा नौ जना सदस्य रहेका छन ।
भेलाले गणेश अधिकारीको संयोजनमा ३ सदस्यि लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।
उक्त अवसरमा संस्थाले गत आर्थिक बर्ष २०७६÷०७७मा ११ करोड ९० लाख २० हजार ९ सय १३ रुपयाँ को कारेवार गर्दा संस्थालाई खुद नाफा १२ लाख ६३ हजार १ सय ६९ रुपयाँ पैसा ३२ गरेको हिसाव संस्थाका निवर्तमान कोषाध्यक्ष गोपाल पौड्यालले सभामा प्रतुत गर्नु भएको थियो । सभाले पौड्यालले सर्वजनिक गर्नु भएको आयब्यय अनुमोदन गरेको छ ।
चालु आ.व.सम्म संस्थामा १०५० जना शेयर सदस्यहरु रहेका छन् । जसमा बृद्ध सदस्यहरु २४ जना र बाल बचत कर्ता २१४ जना रहेको पौडेलले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.