बाह्रमासे सडक संजालले जोडिदै सूर्योदय नगरपालिकाका सबै वडा

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

फिक्कल : पछिल्लो समय इलामको सूर्योदय नगरपालिकामा सडक संरचना सुधारको कामलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको छ । नगरको आफनै बजेटबाट बाह्रमासे सडक निमार्ण देखि कालोपत्रे गर्ने सम्मका कामलाई अघि बढाइरहेको हो । प्रदेश र सघं सरकार तथा सांसदहरुको बजेटबाट पनि उल्लेखनिय काम भइरहेको छ ।

नगरबाट वडा नं ९ को बरबोटे पान्दाम जिल गोर्खे सडकको रम्फोक चन्द्र खेलमैदान छेउसम्म कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । उक्त सडकलाई नगरपालिकाले बिशेष प्राथामिक्तामा राखेको नगर प्रमुख रणबहादुर राईले बताए । आइतबार एक कार्यक्रमका बिच क्रमगतरुपमा सडकको स्तर सुधार गर्ने लक्ष्यका साथ ६ किलोमिटर सडक लाई बाह्रमासे गर्नेगरी बाकी सडक निमाण शूरु भएको छ ।

नगरप्रमुख रण बहादुर राईले एक कार्यक्रमका बिच सडक निमार्ण कार्यको शुभारम्भ गरेका छन् । कार्यक्रममा नगरप्रमुख राईले नगरपालिकाको स्तर उन्नती हुदै गएको कारण कसरी बढिभन्दा बढि यहाँका ग्रामिण भेगका जनताहरु किसान मजदुर बर्गले सेवा पाउन सक्छन भन्ने कुरालाई ध्यानमा राख्दै सडक निमार्ण र अरु विकासलार्ई प्राथामिक्ता दिएको बताए ।

उनले हरेक विकासका कार्यमा उपभोक्ताहरु जागरुक बनेमात्रै गुणस्तरिय काम हुने भएकोले सचेत भएर अनुगमन गर्न आग्रह गरे । वडा नं ९ मा धेरै बजेट परिरहेकोले अब आगामी दिनमा पनि वडाबासीको सुझाव अनुसार विकासका कामलाई अघि बढाउँदै लगिने बताए ।

वडा न ९ का वडाध्यक्ष देबेन्द्र शर्माले नगरपालिका नै विकासमा अब्बल रुपमा दौडिरहेको बेला हरेक हिसावबाट वडा न ९ लाई कसरी अगाडी राख्न सकिन्छ भन्ने बारे वडा टिम निक्कै सचेत रहेको बताए । उनले नगरकै लगानीमा सडक कालोपत्रेको सुभारम्भ भएकाले अरु सडकलाई पनि क्रमश बाह्रमासेको रुपमा विकास गर्दै लगिने बताए । उनले वडाका किसान मजदुर सबैको जिवनयापन सहज बनाउन प्रयत्नशिल रहेको बताए ।

भौतिक पुर्वाधार विकास समितिका संयोजक होम कार्कीले बरबोटे पान्दाम जिल गोर्खे सडक निक्कै महत्वपुर्ण सडक भएकोले नगरपालिकाले प्राथामिक्तामा राखेकोे र गुणस्तरिय कार्य गरेर साथ दिन निर्माण ब्यवसायीलाई आग्रह गरे ।
वडा न ९ का स्थानीय बासीले बरबाृटे पान्दाम जिल गोर्खे सडकलाई कालोपत्रेको काम शुरु हुनु भन्दा पहिला अगाडीका भाग पनि बाह्रमासेको शुभारम्भ हुनु आफैमा सुनौलो दिन भएको बताए ।

ग्रामिण विकासमा केन्द्रित रहन उनले नगरपालिकालाई आग्रह गरे । सडक कालोपत्रको लागि नगरको ३ करोड ५९ लाखको स्टामेट रहेकोमा नागर्जुन कन्स्ट्रक्सनले १ करोड ८७ लाखमा ठेक्का लिएर काम गरीरहेको छ । कन्स्ट्रक्सनका प्रतिनिधि निमार्ण ब्यवसायी राम राईले गुणस्तरिय काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । शिलान्यस कार्यक्रम नगर प्रमुख राईको प्रमुख आतिथ्यता र सामाजिक विकास समिती संयोजक सोनाम छिरिङ लामाको विशेष आतिथ्यतामा भएको थियो ।

वडा कार्यलय भवन बन्दै


वडा नम्बर ९ को वडा कार्यलय भवनको निमार्ण कार्य पनि धमाधम भईरहेको छ । स्थानीय डम्बर प्रधान ,याम प्रधान, सकिला लामा, इन्द्र बहादुर प्रधानले आफना पितृहरुको नाममा दिएको ४ रोपनी बराबर जग्गामा वडा नम्बर ९ को वडा कार्यलयको भवन बन्न लागेको वडाध्यक्ष देवेन्द्र शर्माले जानकारी दिए ।

बि एस टि निमार्ण सेवा प्रा लि ले ७० लाखमा ठेक्का लिएर काम अगाडी बढाएको छ । गत बिहिबार उक्त वडा कार्यलय भवनको नगरपमुख रण बहादुर राईले शिलन्यास गरेका थिए वडा नम्बर ९ को वडा कार्यलयको भवन निमार्णको लागि आफना अमुल्य जग्गा दिने सबै जग्गा दाताहरुमा धन्यवाद दिदै वडा अध्यक्ष शर्माले समयमै काम सक्न र गुणस्तरिय काम गर्न निरन्तर अनुगमन गरिने बताए ।

Leave a Reply

Your email address will not be published.