सूर्योदय नगरपालिकाका कुना-कुनामा सिंचाई सुविधा पुग्दै

  • 106
    Shares
सूर्योदय नगरपालिकाका कुना-कुनामा सिंचाई सुविधा पुग्दै

फिक्कल: इलामको सूर्योदय नगरपालिका वडा नम्बर ११ मा स्वीस सरकारको आर्थिक सहयोगमा संचालन भैरहेको साना सिंचाइ कार्यक्रम अन्तर्गतको सिंचाई योजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
सूर्योदय नगरपालिका ११ स्थानीय आन्द्रे खोलाको मुहानबाट ११९१ दशमलब १८ मिटर लामो साउने सिंचाई योजना (कुलो) को निर्माण कार्य सम्पन्न भएको हो ।
१६ लाख ९६ हजार ३ सय २६ रुपैयाँको लागतमा निर्माण भएको उक्त कुलोबाट वडा नम्बर ११ का ६३ घरधुरीको ३ सय ३४ रोपनी जमिनमा सिंचाई सुविधा पुग्ने योजनाका कलष्टर संयोजक केशव लामाले जानकारी दिनु भयो ।
निर्माण सम्पन्न भएको उक्त योजनाको सूर्योदय नगरपालिकाका जनप्रतिनिधि, साना सिंचाईका प्रतिनिधि र स्थानीय उपभोक्ता समितिका प्रतिनिधिले अनुगमन गरेको छन् ।
अनुगमनमा सूर्योदय नगरपालिकाकी उप प्रमुख दुर्गादेबी भट्टराई, वडा नम्बर ३ का वडाध्यक्ष होम कार्की, वडा नम्बर १२ का वडाध्यक्ष टेकबहादुर राई, साना सिंचाई कार्यक्रमका कैलाश चौधरी, सदिक्षा कटवाल ,स्थानीय उपभोक्ता समितिका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
१६ लाख बढी रुपैयाँको लागतमा निर्माण भएकोे योजना संचालनका लागि स्वीस सरकारको साना सिंचाइ कार्यक्रम अन्तर्गत ४० प्रतिशत, संघीय सरकारको ३० प्रतिशत, स्थानीय सरकार सूर्योदय नगरपालिकाको २० प्रतिशत र स्थानीय उपभोक्ता जनसहभागिताबाट १० प्रतिशत खर्च भएको छ ।