इलामको पानीटार र सिद्धिथुम्का दुई सय पर्यटकीय गन्तव्यमा छनौट

  • 110
    Shares
इलामको पानीटार र सिद्धिथुम्का दुई सय पर्यटकीय गन्तव्यमा छनौट

इलाम: देशभरबाट २ सय वटा गन्तव्य स्थल छानिएका छन । जसमा इलामको देउमाई नगरपालिकामा रहेका पानीटार र सिद्धिथुम्का समेटीएका छन ।
देउमाई नगरपालिकाको पानीटार पर्यटन विकास तथा सिद्धिथुम्कामा टावर सहित पार्क निर्माणका लागि बजेट विनियोजन समेत गरिएको छ । सो आयोजनाका लागि १ करोड ४४ लाखको लागत अनुमान गरिएको छ । जसका लागि मन्तालयको लागत ९४ लाख र साझेदारी लागत ५० लाख रुपैयाँ रहेको छ ।
पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उदेश्यले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाहरुको समन्वयमा विभिन्न परियोजना र आयोजनाहरु छनोट भएका हुन ।
मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७ सय १३ वटा प्रस्ताव परेका मध्ये २ सय गन्तव्य छनोट गरिएका्े छ । सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फन पार्कलगायत रहेका छन। सरकारले ६ अर्ब ८० करोड रुपैयाँ बजेट ती आयोजनाका लागि विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।