माईजोगमाई ५ का अति बिपन्न नागरिकलाई न्यानो कपडा बितरण

  • 114
    Shares
माईजोगमाई ५ का अति बिपन्न नागरिकलाई न्यानो कपडा बितरण

फिक्कल: इलामको माईजोगमाई ५ सिरिसेका अति बिपन्न नागरिकलाई न्यानो कपडा बितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यलय इलाम र माईजोगमाई गाउँपालिकाको सहकार्यमा अति बिपन्न नागरिकलाई न्यानो कपडा बितरण गरिएको हो ।
बिपन्न नागरिकको पहिचान गरी गाउँपालिका अध्यक्ष जित बहादुर राईले एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गर्नु भएको छ ।
अति बिपन्नको सूचीमा परेका जिवलाल अधिकारी,शुक्रराज राई,भक्तिमाया अधिकारी,मन सुन्दर लिम्बु र चन्द्रबीर बेघाको परिवारलाई न्यानो कपडा बितरण गरिएको गाउँपालिका अध्यक्ष राईका स्वकीय सचिव संजीव थामीले जानकारी दिनु भयो ।